मेसीको गोल अंक पुग्यो साढे छ सय 

२०७७ माघ १९ सोमबार १०:४२:०० मा प्रकाशित

काठमाडौं । लियोनल मेसीले बार्सीलोनाका लागि ६ सय ५० गोल पुुरा गरेका छन् । स्पेनिस लिग ला लिगामा बार्सीलोनाले एट्लेटिको बिल्बाओलाई पराजित गर्दा मेसीले गोल गर्दै यो सफलता प्राप्त गरेका हुन् ।

बार्सीलोनाले बिल्बाओलाई दुइ एक गोलले पराजित गरेको थियो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्साका लागि २० औं मिनेटमा मेसीले गोल खाता खोलेका हुन् । मेसीले फ्रि किक मार्फत उत्कृष्ट गोल गरेका हुन् । क्लबका लागि उनको यो ४९ औं फ्रि किक गोल हो । ४९ औं मिनेटमा  बार्साका जोर्डी आलबाले आफ्नै पोस्टमा गोल गरेपछि बिल्बाओले खेल एक एकको बराबरी गर्यो । तर ७४ औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सालाई जीत दिलाए । जीतपछि बार्सा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

उसको २० खेलबाट ४० अंक छ ।  शीर्ष स्थानको एट्लेटिको बिल्बाओको १९ खेलबाट ५० अंक छ । 

ताजा खबर