अबुधावीमा रहेका क्रिकेटर करणको यस्तो छ अनुभव

२०७७ माघ १९ सोमबार १०:३५:०० मा प्रकाशित

काठमाडौं । तीव्र गतिका  नेपाली वलर करण केसीले टि टेनको डेब्यु विकेट क्रिस गेलको लिन पाउँदा एकदमै खुशी लागेको प्रतिृकया दिएका छन् । टि टेन लिग टिम पुणे डेभिल्समा आवद्ध करणले हिजो टिम अबुधाबीका क्रिस गेलले क्निल बोल्ड गरेका थिए । टि टेनको पहिलो सिजन खेलिरहेका करणले गेलको विकेट विषेश रहेको बताएका हुन् । अघिल्ला दुइ खेलमा विकेट विहिन करणले तेस्रो खेलमा आएर टि टेनमा पहिलो विकेट प्राप्त गरेका हुन् ।

विश्व क्रिकेटको स्टार खेलाडीको विकेट लिदा कस्तो महसुस भयो भन्ने प्रश्नमा करण भन्छन्– 'डेब्यु विकेट त्यो पनि गेल एकदमै खुशी छु । तर  समग्र प्रदर्शन राम्रो भइरहेको छैन । खेलअघि अलि नर्भस जस्तो भइरहेको छु ।' 

करणको यो पहिलो विदेशी फ्रेन्चाइजी लिग हो ।

टि टेनको अहिले सम्मको अनुभव भने निकै उत्कृष्ट रहेको उनको भनाइ छ । 'पहिलो लिग हो त्यसैले नर्भस भइरहेको छु तर टिमसँग राम्ररी घुलमिल छु । सधैनै अरु खेलाडीहरुसँग कुरा गर्ने प्रयासमा हुन्छु । कुरा गरिनै राखेको छु  । सिनियर खेलाडीसँग उनीहरुको अनुभव सोध्छु । हरेक दिन नया कुरा सिक्ने कोसिमा छु' – करण भन्छन् ।

 करणले टि टेनको वातावरण र अनुभव फरक किसिमको भएको पनि उल्लेख गरे । हरेक दिन आफ्नो उत्कृष्ट दिने प्रयास गरिरहेको करणले बताए । यो प्लेटफर्मबाट जति सक्दो धेरै कुरा सिक्न चाहेको करणको भनाइ छ ।

ताजा खबर