बृहस्पतिको खटजात्रा

२०७४ मङ्सिर १ शुक्रबार २०:३७:०० मा प्रकाशित

काठमाडौं, १ मंसीर । थापाथलीस्थित बृहस्पति देवताको मूर्तिलाई आज साँझ खटमा राखेर जात्रा मनाइएको छ ।

प्रत्येक वर्ष बालाचतुर्दशीका दिन सो देवताको मूर्तिलाई थापाथली तथा त्यस आसपास क्षेत्रमा परिक्रमा गराई प्रसाद वितरण गरिने परम्परा छ । देवताका गुरु बृहस्पतिलाई साँझ विशेष पूजा गरी हवनसमेत गरिएको थियो । पितृको सम्झनामा मन्दिर परिसरमा हवन गरी प्रसाद वितरण गरिएको थियो ।

मानिस दिवंगत भएपछि उनीहरुको आत्मा पहिलो पटक बृहस्पति कहाँ पुग्ने जनविश्वास रहेको पुजारी बृहस्पति बाबाले जानकारी दिए । 
करिब पाँच दशकदेखि बृहस्पतिको साधनामा रहनुभएका पुजारी बाबाले देवता र पितृ दुवैलाई खुशी राख्न सके मात्र पारिवारिक सुखशान्ति र सम्पत्ति सञ्चित हुने बताउँदै सबै भक्तजनलाई नैतिकवान बनी समाजसेवामा क्रियाशील हुन आग्रह गरेका थिए । रासस

ताजा खबर