टि टेन लिग: करण केसीले आउट गरिदिए अबुधावीका गेल

२०७७ माघ १८ आइतबार २०:३५:०० मा प्रकाशित

काठमाडौं । नेपालका तीव्र गतिका बलर करण केसीले युएइमा जारी टि टेन लिगमा क्रिस गेललाई क्लिन बोल्ड गरेका छन् । पुणे डेभिल्समा आवद्ध करणले आईतबार भएको खेलमा टिम अबुधाबीका गेललाई आउट गरेका हुन् ।

टि टेनमा करणको यो पहिलो विकेट पनि हो । यसअघिका दुइ खेलमा उनले विकेट लिन सकेका  थिएनन् । पुणेले करणलाई चौथो ओभरमा वलिङमा ल्याएको थियो । करणले आफ्नो पहिलो ओभरको पहिलो वलमानै वेस्ट इन्डिजका आक्रमक ब्याट्सम्यान गेललाई बोल्ड गर्दै पवेलियनको बाटो देखाए । 

युनिभर्सल बोसको नामले परिचित गेल नौ रनमा आउट भए । एक ओभर वलिङ गरेका करणले १८ रन खर्चिए । यो खेल भने अबुधाबीले ५ विकेटले जित्यो  । पुणेले दिएको एक सय ३० रनको लक्ष्य अबुधाबीले आठ दशमलब तीन ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । 

अबुधाबीमा नेपालका पूर्व कप्तान पारस खड्का मेन्टरको रुपमा छन् ।  कुशल मल्ल पनि यहि टिममा छन । 

 

ताजा खबर