महिला लिगमा पुलिस एक कदम बढ्यो

२०७७ माघ १८ आइतबार १८:५५:०० मा प्रकाशित

काठमाडौं । नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ । आईतबारको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई तीन एक गोलले पराजित गर्यो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो । पुलिसले २७ औं मिनेटमा अग्रता लियो । उसका लागि निशा सुनारले गोल गरेकी   थिइन् । ३९ औं मिनेटमा चन्द्रपुरकी सविता रानामगरले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याइन् । तर दोस्रो हाफमा पुलिस हाबी भयो । ५० औं मिनेटमा रेखा पौडेलको पासमा निरु थापाले गोल गरेपछि पुलिस पुन अग्रता लिन सफल भयो ।

इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुस्का शेर्पाले गोल गर्दैै पुलिसलाई तीन एकको जीत सुनश्चित गराइन् । 

पुलिसको पाँच खेलबाट आठ अंक छ । शीर्ष स्थानको एपीएफको १५ अंक छ । चन्द्रपुरले भने पाँच खेलबाट मात्र तीन अंक जोडेको छ ।

 

ताजा खबर