भलिवलकी प्रतिभा माली र इम बहादुर सम्मानित

२०७७ माघ १८ आइतबार १८:५१:०० मा प्रकाशित

काठमाडौं । यसवर्षको मनोरञ्जन रमण शर्मा अवार्ड राष्ट्रिय भलिवल टिमकी मुख्य सदस्य प्रतिभा माली र इम बहादुर रानाले प्राप्त गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रतियोगितामा उनीहरुले गरेको उत्कृष्ट प्रदर्शनको आधारमा अवार्ड दिइएको हो ।

नेपाल भलिवल संघले आईतबार आयोजना गरेको कार्यक्रममा  माली र रानालाई  अवार्ड प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल र अवार्ड स्थापना गर्ने भलिवल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले खेलाडीलाई सम्मानित गरे । प्रतिभा माली पछिल्लो समयको महिला राष्ट्रिय टिमकी स्टार खेलाडी हुन् । गत ववर्ष घरेलु मैदानमा भएके १३ औं दक्षिण एशीयाली खेलकुद सागमा नेपालले ऐतिहासिक रजत जित्दा उनको प्रदर्शन उत्कृष्ट रहेको थियो ।  महिला टोली भारतसँग पाँच सेटमा पराजित भएपछि स्वर्ण जित्नबाट चुकेको थियो । सागमा नेपाली भलिवलले प्राप्त गरेको यो अहिलेसम्मकै ठूलो सफलता हो । 

एभिसी सेन्ट्रल जोनमा नेपालले स्वर्ण जितेको थियो ।  त्यस्तै इम पुरुष टिमका कप्तान हुन् । सन २०१७ मा माल्दिभ्समा भएको तेस्रो एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिवल प्रतियोगितामा नेपालले उनकै कप्तानीमा कास्य जितेको थियो । सागमा पुरुष टिम समूह चरणबाटै बाहिरिए पनि इमले शानदार प्रदर्शन गरेका थिए । दुवै खेलाडीले ३५ हजार नगद पुस्कार प्राप्त गरे । 

भलिवल संघका अध्यक्ष शर्माले स्थापना गरेको दश लाख अक्षय कोषबाट प्राप्त हुने रकमबाट भलिवलका महिला र पुरुष खेलाडीलाई प्रत्येक वर्ष सम्मान गरिँदै आएको छ ।

अवार्डको यो तेस्रो संस्करण हो । 

ताजा खबर