क्यानका महासचिव प्याकुरेल एसीसीको सदस्य चुनिए, अध्यक्षमा भारतका जय शाह 

२०७७ माघ १८ आइतबार १८:४३:०० मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका महासचिव अशोकनाथ प्याकुरेल एशीयाली क्रिकेट महासंघ एसीसीको विकास समिति सदस्यमा निर्वाचित भएका छन् ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले, एसीसीको साधारण सभामा नेपालको तर्फबाट सहभागी प्याकुल सदस्यमा चुनिएको जानकारी दिएका हुन् ।

 

एसीसीको भर्चुअल साधारण सभाले नयाँ अध्यक्ष पनि छानेको छ । भारतका ३२ वर्षीय जय शाह एसीसीको नयाँ अध्यक्ष बनेका हुन् । उनले बंगलादेशका नाजमुल हसनलाई प्रतिस्थापन गरे । सन् २०१८ देखि नाजमुलले एसीसीको नेतृत्व सम्हालेका थिए । शाह एसीसीको अध्यक्ष बन्ने सवैभन्दा सानो उमेरका पदाधिकारी हुन् ।

शाहले एशीयाली क्षेत्रको क्रिकेट विकासमा उल्लेख्य सुधार ल्याउन सक्दो प्रयास गर्ने  प्रतिबद्धता ब्यक्त गरेका छन् । विषेशगरी महिला क्रिकेट, उमेर समुह र स्पोर्टस मेडिसिन र साइन्समा केन्द्रित हुने उनको भनाइ छ । क्यानले पनि नवनियुक्त अध्यक्ष शाहलाई बधाइ तथा शुभकामना दिएको छ । 

ताजा खबर