रक्तचाप हटाउन धेरै हिड्नु आवश्यक

२०७७ माघ १८ आइतबार १४:५५:०० मा प्रकाशित

हामी साँझमा आरमसँग टिभी हेर्न व्यस्त हुन्छौं । वजन घटाउन, शरिरको चिल्लो पदार्थ हटाउन, कोलस्ट्रोल हटाउन र  रगतमा पाइने चिनी हटाउन पनि हिड्न, बाइक चलाउन, स्किङ्ग गर्नु आवश्यक छ । मानिसले दैनिक व्यायाम गर्नुका साथै धेरै हिड्नु पर्नेमा विशेषज्ञहरु जोड दिन्छन् । उनीहरु भन्छन् रक्तचाप भएका विरामीलाई प्रत्येक दिन ३० मिनेटको व्यायाम र दैनिकी ३० मिनेटको हिँडाइ आवश्यक छ । 

धेरै फैलिनसक्ने जोखिम 
रोग नियन्त्रण तथा रोकथाम केन्द्रले ४५ प्रतिशत वयस्कहरुमा उच्च रक्तचाप भएको देखाएको छ । सन् २०१८ मा मात्र विश्वमा उच्च रक्तचापले पाँच लाख मानिसको मृत्यु भएको देखाएको हो ।मुटु रोगी, फोक्सो तथा उच्च रक्तचाप भएका विरामीमा हृदयसम्बन्धी, किड्नी सम्बन्धि, आँखाको र रक्तकोषिका सम्बन्धि थुप्रै विकारहरु भेटिने बताइएको छ । विशेषज्ञहरुले बढि प्रेसर भएका विरामीलाई एरोविक व्यायामको परिक्षण गर्न सुझाएका छन् । भनिएको छ, यस्तो व्यायामले मुटुको धमनीको चाप तथा रगत प्रवाहलाई सन्तुलनमा ल्याउने छ ।

क्यानडाको एक विश्वविद्यालयले ४० पुरुष तथा महिलामा उच्च रक्तचापको यस्तै परिक्षण गर्यो । ८ हप्तामा, हप्ताको ५ दिन व्यायामहरु भयो ।

सबैको प्रेसर १३०÷८५ र १३९÷८९ थियो भने उच्च रक्तचाप भएको व्यक्तिको चाप १४०÷९० र १५९÷९९ पाइयो ।

अनुसन्धानकर्ताले सहभागीहरुलाई आफ्नो मुटुको प्रेसर समेत जाँच्न लगाए जसमा ५०–६५% मुटुको धड्कन हिडाईले तेज भएको पाइयो । ३० मिनेटको सम्ममा समूहले अरु व्यायाम गरे । उनीहरुले दैनिकी तालिम पाए अनि जोर्नीहरुको व्यायाम गरे । 
(स्रोतः मेडिकल न्युज टुडे)

ताजा खबर