महिला लिग: विराटनगर महानगर तेस्रो स्थानमा उक्लियो

२०७७ माघ १७ शनिबार २१:१६:०० मा प्रकाशित

काठमाडौं । विराटनगर महानगरपालिका राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा उक्लिएको छ । विराटनगरले शनिबार भएको खेलमा चौदण्डीगढी नगरापालिकालाई ६–शुन्यल गोलले हरायो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगरले पहिलो हाफमा चार शुन्यको अन्तर बनाएको थियो । अनु राइले २१ र ३६ औं मिनेटमा गोल गरिन् । इमा राइले ३९ र मनिषा थापा मगरले ४३ औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा चौदण्डीगढीले केही सुधारिएको प्रदर्शन गरेको थियो । तर थप गोल खान बाट भने बचेन । ८२ औं मिनेटमा  कुसुम खतिवडा र ८३ औं मिनेटमा पार्वती घलेले गोल गर्दै विराटनरगलाई फराकिलो जीत दिलाइन् ।

 विराटनगर पुलिसलाई उछिन्दै तालिकाको तेस्रो स्थानमा उक्लियो । विराटनगरको चार खेलबाट सात अंक छ । पुलिसको पाँच अंक छ । चौदण्डीगढी अझै पहिलो जीतको खोजीमा छ । उसले अंकको खाता खोल्न सकेको छैन ।   

 

ताजा खबर