प्रधानमन्त्री कपमा कमल सिंह ऐरी बने सर्वोत्कृष्ट खेलाडी 

२०७७ माघ १७ शनिबार १९:००:०० मा प्रकाशित

काठमाडौं । उपविजेता टोली एपीएफ क्लबका तीव्र गतिका वलर कमल सिंह ऐरी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

एपीएफलाई फाइनलसम्म पुर्याउन कमलले उत्कृष्ट प्रदर्शन गरेका थिए । कमलले ६ खेलमा कुल दश विकेट लिए । कमलले गण्डकी प्रदेश विरुद्ध चार विकेट लिँदा मात्र एघार रन खर्चिएका थिए । यो उनको सवैभन्दा उत्कृष्ट प्रदर्शन हो । उनले ५० हजार पुरस्कार प्राप्त गरे । 

पाँच खेलमा १२ विकेट लिएका विजेता टिमका युवा स्पिनर साहव आलम उत्कृष्ट बलर बने । सेमीफाइनलिस्ट  बागमती प्रदेशका पृथु बाँस्कोटा उत्कृष्ट ब्याट्सम्यान चुनिए । बागमती सेमीफाइनलमा आर्मीसँग पराजित भएको थियो ।  पृथुले पाँच खेलमा  कुल दुइ सय १५ रन जोडे । जसमा दुइ अर्धशतक समाले छ ।  उनले सवैभन्दा धेरै सुदुरपश्चिम विरुद्ध अविजीत ८४ रन हानेका थिए । उनी उच्च रनकर्ताको सूचीको शीर्ष स्थानमा रहे । दुवै खेलाडीले २५–हजार पुरस्कार प्राप्त गरेका छन्। 

प्रदेश दुइका विवेक यादवलाई उदियमान खेलाडी घोषित गरियो । प्रदेश दुइले यो संस्करणको प्रधानमन्त्री कपमा एक खेल पनि जितेन । तर विवेकको ब्यक्तिगत प्रदर्शन भने उच्च रह्यो । अलराउण्डर उनले  चार खेलमा एक सय ६७ रन जोड्दा  ४ विकेट लिए । उनी १५ हजार नगदबाट पुरस्कृत भए । विवेक, साहव र कमल  कतार जाने नेपाली टिमको बन्द प्रशिक्षणमा छन् ।  

ताजा खबर