आज प्रधानमन्त्री कप फाईनल उपाधि हत्याउन एपीएफ र आर्मीको भिडन्त

२०७७ माघ १७ शनिबार ०९:२०:०० मा प्रकाशित

काठमाडौं । चोथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधी छिनोफानो आज हुँदैछ । फाइनलमा दुइ विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । 

आर्मी लगातार चौथो पटक र एपीएफ दोस्रो पटक प्रतियोगिताको उपाधी नजिक पुगेका हुन् । सेमीफाइनलमा आर्मीले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशलाइ ९४ रनले पराजित गरेको थियो । एपीएफले  नेपाल पुलिस क्लब माथि जीत हात पारेको हो । जारी पतियोगितामा एपीएफले अपराजित रहँदै फाइनल यात्रा तय गरेको हो । आर्मीले भने समुह चरणको एक खेल हारेको थियो । सो खेल एपीएफ विरुद्ध नै थियो ।  एपीएफका लागि लगातार दोस्रो पटक आर्मीलाई हराउने अवसर छ । आर्मी भने समुह चरणमा बेहोरेको हारको वदला लिने लक्ष्यमा हुनेछ । हिजो भएको प्रि म्याच कन्फरेन्समा बोल्दै एपीएफका कप्तान शरद भेश्वाकरले फाइनलसम्म पुग्नुनै एउटा उपलब्धि भएको बताए ।

उनी भन्छन्– फाइनल खेलका लागि एकदमै उत्साहित छौ । शनिबार भएकाले धेरै दर्शक आउने अपेक्षा छ ।  आज जसले राम्रो खेल्छ उसैले उपाधी जित्छ । एपीएफ ब्यक्तिगत भन्दा पनि टिमका रुपमा राम्रो देखिएको छ । म आफैंपनि राम्रो प्रदर्शन गर्नका लिग भोको छु र टिममा पनि सोही भोक छ ।  आर्मी विरुद्ध उत्कृष्ट सुरुवाती एघार हुनेछ ।  उनले  कोरोना भाइरसका कारण यति लामो समय पछि भएको प्रतियोगिताको उपाधी विशेष हुने पनि उल्लेख गरे ।

आर्मीले पहिलो संस्करणमा नेपाल पुलिस क्लब संय संयुक्त रुपमा उपाधी जितेको थियो । दोस्रो संस्करणमा एपीएफसँगै पराजित भएको आर्मीले   अघिल्लो संस्करणमा पुलिससँग हार बेहोरेको    थियो ।  आर्मीका कप्तान विनोद भन्डारीले इतिहासलाई सम्झेर नखेल्ने प्रतिृकया दिए । हिजो जे भयो भयो भोली नयाँ खेल हो । हामी कसैको पनि दिमागमा पहिले के भयो भन्ने छैन । आर्मी सन्तुलित टिम हो । तरपनि आफ्नो टोली उपाधी जित्नेमा विश्वस्त छ ।  टिमका मुख्य तीन खेलाडी करण केसी, सोमपाल कामी र कुशल मल्ल टि टेनका लागि गएकाले केही समस्या भएपनि फाइनल खेलका लागि तयार रहेको उनको भनाइ छ ।  फाइनल खेल टियु मैदानमा विहान ९ बजे सुरु हुनेछ । विजेता टिमले दश र उपविजेताले ५ लाख पुरस्कार पाउनेछ ।  

ताजा खबर