प्रधानमन्त्री कप:  त्रिभुवन आर्मी क्लब फाईनलमा

२०७७ माघ १५ बिहीबार २०:२४:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन आर्मी क्लब लगातार चौथो पटक प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमीफाइनलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनको फराकिलो अन्तरले पराजित गर्यो । अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 टियु मैदानमा टस हारेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सवै विकेटको नोक्सानीमा दुइ सय २९ रन बनाएको थियो । आर्मीले खराब स्थितिबाट पुनरागमन होे । उसले १७ रनमा तीन विकेट गुमायो ।  अनिल मण्डल पहिलो विकेटका रुपमा चौथो ओभरमा मात्र दुइ रनमा आउट भए । सोही ओभरमा रोहित पौडेल खाता खोल्न नपाउँदै मैदानबाट बाहिरिए । हरि चौहान पनि तीन रनमा क्याच आउट भए । यी तीनै खेलाडी गौतम केसीको शिकार भएका थिए । 

लोशेक बम र भिम सार्कीले आर्मीलाई खेलमा फर्काए । यी दुइले चौथो विकेटका लागि ५६ रनको महत्वपुर्ण साझेदारी गरे ।  ब्यक्तिगत नौ रनमा खेलिरहेको बेला नन्दन यादवको वलमा इशान पान्डेले क्याच छोड्नु बागमतीका लागि घातक सावित भयो । लोकेशले २३ र भिमले ४० रनको योगदान गरे । 

कप्तान विनोद भण्डारी दश रनमा आउट भएपछि आर्मी फेरी धरमराएको थियो । तर राजेश पुलामी मगर र विक्रम सोबले  सम्हालिएको ब्याटिङ गरे । राजेशले ६५ र सोबले ३५ रन बनाएपछि आर्मीले दुइ सयको आंक्डा पार गर्यो । सुसन भारीले १६ रन बनाए । गौतमले ५ विकेट लिए । रामनरेश गिरी , नन्दन यादव, तिलक भन्डारी र विपिन आचार्यले एक एक विकेट लिए । जवाफमा बागमतीले ४० दशमलब २ ओभरमा अल आउट भएर एक सय ३५ रन बनायो । 

सुरुदेखिनै दवावमा आएको बागमती कुनैपनि समय लयमा फर्किएन । टिमको स्कोर १८ रन हुदा माथिल्लो क्रमका ५ ब्याट्सम्यान पवेलियन फर्किए । आकाश थापा शुन्य, आदिल खान १०, पृथु बाँस्कोटा एक, बिभत्सु थापा ४ र इशान पाण्डे शुन्यमा आउट भए । 

कप्तान ज्ञानेन्द्र मल्लले पारी सम्हाल्ने प्रयास गरेपनि उनलाई अरु ब्याट्सम्यानले साथ दिएनन् । ज्ञानेन्द्रले ४७, विपिन आचार्यले २३ र नन्दनले २२ रन बनाए । जितेन्द्र मुखियाले ४, विक्रम र सुसनले ३–३ विकेट लिए । अघिल्लो संस्क्रणमा पनि बागमी सेमीफाइनलमा आर्मीसँगै पराजित भएको थियो । 

आर्मीले भने पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग संयुक्त रुपमा उपाधि जितेको थियो । त्यसयता फानल पुगेपनि उसले उपाधि हात पार्न भने सकेको छैन । एपीएफ नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल पुगेको हो । उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ ।  

ताजा खबर