राष्ट्रिय महिला लिग:  एपीएफसँग पुलिस पराजित

२०७७ माघ १५ बिहीबार २०:१३:०० मा प्रकाशित

काठमाडौं । एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहीबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई तीन शुन्यले पराजित गरेको हो । एपीएफको जीतमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले ३२ औं मिनेटमा सावित्राको गोल मार्फत अग्रता लिएको थियो । पहिलो हाफमा एपीएफले आफ्नो दवाव कायमै राख्दा पुलिसले गोल फर्काउन सकेन् । उच्च फर्ममा रहेको एपीएफले दोस्रो हाफमा दुइ गोल थप्यो । ५६ औं मिनेटमा सावित्राले ब्यक्तिगत दोस्रो गोल गरिन् । ८४ औ मिनेटमा सावित्रा ह्याट्रिक परा गर्दा एपीएफले पुलिस विरुद्ध महत्वपूर्ण तीन अंक  लिन सफल भयो । जारी लिगमा सावित्राको यो तेस्रो ह्याट्रिक हो भने उनको गोल संख्या दश पुगेको छ । यसअघि उनले चन्द्रपुर र विराटनगर विरुद्ध हयाट्रिक गरेकी थिइन् । 

एपीएफको लिगमा यो लगातार चौथो जीत हो । तालिकाको शीर्ष स्थानमा रहेको एपीएफको १२ अंक छ । पुलिस पाँच अंक सहित दोस्रो स्थानमा छ । एपीएफ र पुलिस बीचको दूरी सात अंकको छ ।  

ताजा खबर