आधुनिक फास्टफूड भर्सेस जीतेन्द्रको सातु उद्योग

२०७७ माघ १५ बिहीबार १३:४४:०० मा प्रकाशित

इलाम । पछिल्लो समय हामी आधुनिकतामा रमाइरहेका छौं । तडकभडककै कारण हाम्रा लवाइखुवाइमा हाम्रो संस्कृति विथोलिएको छ । परम्परा धान्ने सामग्री प्रयोग नगर्दा लोप हुने अवस्थामा छन् ।

विशेषगरी खाद्यवस्तुमा आधुनिकता हावी हुँदा एकातिर परम्परागत खाद्यवस्तु लोप हुँदैछन् भने अर्कातिर अस्वस्थकर खानेकुरा खान वाध्य छौं । त्यसो त, खाजानास्ताका नाममा पनि हामी धेरैजसो ‘फास्ट फुड’ प्रयोग गर्छौं ।

खाजा भन्नेबित्तिकै तयारी चाउचाउ, विस्कुट, चाउमिन, चटपटेलगायत खाजाजन्य पदार्थ हाम्रा दिमागमा आइहाल्छन् । हामी सजिलो र छिटो खान खोज्छौं तर स्वस्थ÷अस्वस्थ भनेर चैं छुट््याउँदैनौ । ‘स्वादे जिभ्रो अल्छे तिघ्रो’ भने झैं भोक भगाउनका लागि जुनै चीज खान तयार हुन्छौ हामी ।

ग्रामीण भेगमा पाइने खाद्यवस्तु शहरमा पाइने भन्दा गुणस्तरीय, स्वास्थवद्र्धक र कम मूल्यका हुन्छन् । हाम्रो ध्यान त्यता पुग्दैन । परम्परादेखि प्रयोग गरिने खानाका स्वाद हाम्रो जिब्रोमा छैनन् । हामी आधुनिकतामा रमाउँदै हाम्रा खाद्यवस्तु बिर्सँदै गैरहेका छांै ।

अनि ‘कस्मेटिक’ सामग्री प्रयोग गर्न थाल्यांै । कतिपयले बुझेर वा चासो नदिएर यस्ता वस्तु प्रयोग गर्दा शरीरलाई हानी पु¥याउँछ । तर, यस विषयमा हामी ख्यालै राख्दैनौ । कतिपय आधुनिक शहरमा त हाम्रो भोजन परम्परा समेत विर्सिसक्यो । हामीले स्वास्थ्यकै लागि पराम्रागत खाद्य वस्तु प्रयोग गर्नुपर्ने देखिन्छ । विशेषगरी खाजा, नास्तामा बढी सचेत हुनुपर्ने देखिन्छ ।

तीन बर्षअघि इलाम नगरपालिका–७ का जीतेन्द्र अधिकारीलाई पनि यो कुराले चिन्तित गरायो । विद्यालय, बजार जताततै अस्वस्थकर खाद्यवस्तु प्रयोग हुन थालेपछि पराम्परागत खाद्य वस्तु प्रयोग कसरी गर्ने भनेर जीतेन्द्र सोच्न थाले । जीतेन्द्रले नयाँ काम गर्ने योजना बुन्न लागे । अरूको भन्दा पृथक र बजार लिन सकिने काम जीतेन्द्र गर्न चाहन्थे । तर, दिमाग योजनाविहिन थियो ।

गाउँको परिवेशलाई सम्झिँदा आफ्नो वाल्यकालको याद आयो उनलाई । यत्तिकैमा आफूलाई वाल्यकालमा औधी मन पर्ने सातु सम्झिएका उनले । गाउँमा मकैको सातु खाएको झल्झली आउन थाल्यो । अनि त उनलाई सातुकै व्यवसाय गर्न मन लाग्यो जाँगर पनि चल्यो । एकातिरबाट स्वस्थवद्र्धक र अर्कातिर परम्परागत खाना । जीतेन्द्रले आफू मात्रैले यो कुरा गर्न चाहेनन् । आफ्नै माइजू सेवी राईलाई पनि यसबारे कुरा राखे । राईले पनि जीतेन्द्रको कुरा सकरात्मक ठानिन् । अब उनीहरू उद्योग खोल्ने योजना बुन्न थाले । न उद्योगको ज्ञान, न बजारको जानकारी, सबै कुरामा अनभिज्ञ थिए माईजू भानिज । तर, पनि यसैमा डटेर लागे ।

उद्योगमा मकै मात्र होइन गहुँ, कोदो, चना, भटमास, वदाम, जौ सबैको मिश्रित बनाउने सल्लाह गरे । सबै थोक सहजै पाइने बुझेपछि खाद्य वस्तु जम्मा गर्न थाले । शुरुमा करिब पाँच लाख लगानीमा व्यवसाय शुरु गरे ।

शुरुवातमा सातुले खासै बजार लिन सकेन । तर, हिम्मत हारेनन् मेहनत गरिरहे । तीन बर्षअघि उद्योग खोल्दा जीतेन्द्र र सेवीले अनेक भनाइ सुन्नु प¥यो । आधुनिकतामा रमाएको शहरी क्षेत्रमा सातु नौलो थियो । धेरैले प्रयोग गर्न चाहँदैन थिए । फाट्टफुट्ट इलाम बजारमा विक्न थाल्यो । अहिले सुमीले उद्योगको काम गरेकी छैनन् ।

जीतेन्द्र आफैंले सबै काम गरिरहेका छन् । खाद्यवस्तु मात्र होइन, जडीवुटीजन्य वस्तु मिसेर सातु बन्छ । जीतेन्द्रको उद्योगमा पाँचथरबाट मकै, तराइबाट गहुँ, इलामकै चमैताबाट जौ भित्रिन्छ । यी सबै पदार्थ मिसेर जीतेन्द्रले सातु बनाउँछन् । उद्योगमा एकै किसिमको होइन, फरकफरक तरिकाको सातु वन्छ । कुनै तागतिलो कोदोको पिठो मिश्रित, कुनै मधुमेहको विरामीले खाने ‘सुगर फ्रि’ सातु । ‘स्वास्थ्यवद्र्धक सामग्री मात्र बेच्छु । जडीबुटीजन्य पदार्थ बढी प्रयोग गर्छु’ जितेन्द्रले सुनाए ।

 

जीतेन्द्रले उद्योगका बारेमा जानकारी दिँदै भने, ‘आडिलो र पौष्टिक तत्व भएको खाद्यवस्तु भएकाले पछिल्लो समय धेरै प्रयोग हुनथालेको छ ।’ अहिले उद्योगमा जीतेन्द्रबाहेक एकजनाले काम पाएका छन् । दुईजनाले मात्रै उद्योग चल्दैन । शनिबार, शुक्रबार श्रीमती र छोरीहरूले पनि जीतेन्द्रलाई सघाउँछन् । पारिवारिक सहकार्यमै चलेको छ उद्योग ।

उद्योगको काम झन्झटिलो छ तर जीतेन्द्र झन्झट मान्दैनन् । आफ्नै उद्यम र परिश्रमले काम गरी खानुपर्छ भन्ने बुझेका उनी निरन्तर खटेर सातु बनाउँछन् । कम गाह्रो त कहाँ छ र ! सबै खाद्यवस्तु मेसिनमा हाल्नु पूर्व भुट्नु पर्छ । भुट्नका लागि आधुनिक सामग्री छैनन् । पराम्परागत होल्र्याङ्गे (मकै भुट्ने विशेष किसिमको टिनबाट बनाइएको परम्परागत सामग्री) प्रयोग गर्नुपर्छ । हुन त जीतेन्द्रले होल्र्याङ्गेको विकल्प नखोजेका पनि होइनन् । आधुनिक होल्र्याङ्गे खोज्न भनेर उनी भारतसम्म पनि पुगे । तर, धेरै लागतको मात्र भेटियो । अनि रित्तै फर्किएर पुरानै तवरले काम थाले । जीतेन्द्र विहानभर परिवारको सहयोगमा होल्र्याङ्गेमा मकै भुट्छन् । अनि दिउँसो उद्योग फर्किएर सातु बनाउँछन् । सातु बनाएपछि परिवारकै सहयोगमा प्याकेजिङ गरेर मात्र बजार पु¥याउन योग्य हुन्छ सातु । जीतेन्द्रको बसाइ इलाम नगरपालिका ७ धोवीधारामा छ । अनि उद्योग इलाम नगरपालिका ८ मा । धाएरै भएपनि उद्योगको काम गर्न जीतेन्द्र खुसी छन् ।

उद्योग खोल्नु पूर्व उनले अनेक काम गरे । ठेक्कापट्टा, कपडा पसल, संघ/संस्था धेरैतिर काम गरे । तर, दिगो भएन । अनि हिम्मतै गरेर उद्योग गरे । उद्योगबाट धेरै कमाइ त छैन । मासिक रु २० हजार हाराहारीमा नाफा हुन्छ । तर, आफैं मासिक, आफैं श्रमिक भएर काम गर्दा उनी सन्तुष्ट छन् । उद्योगका लागि मासिक रु दुई हजार घर भाडा बुझाउनुपर्छ ।

यो उद्योगमा सात सय ग्राम र पाँच सय ग्रामका सातु पाइन्छ । सात सय ग्रामलाई रु २५० र पाँच सय ग्रामलाई रु दुई सय पर्छ । सुगर फ्रि सातु खानेलाई जडीबुटीजन्य सातु पनि पाइन्छ । जीतेन्द्रले बुढो ओखत, वेत लौरी, चौसुर, सुप लगायतका औषधिजन्य पदार्थ समेत मिसाएर सातु वनाइन्छ ।

बजार नपाउँदा सकस

आधुनिकतामा रमाइरहेको समाजसँग जुध्न सहज छैन । ग्रामीण भेगमा प्रयोग हुने सातु एककिसिमले शहरी क्षेत्रमा घृणाले हेरिन्छ । तडकभडकका जमानामा यही खाद्यवस्तु प्रयोग गर्न जीतेन्द्र विभिन्न ठाउँमा पुगेका छन् ।

पहिलेको भन्दा त बजार सप्रिएको छ । तर, भने जस्तो छैन । इलाम बजार, फिक्कल बजार, झापाको धुलाबारी बजारसम्म सातु पुग्न थालेको छ । सातुको बारेमा बजारमा बुझाउन गाह्रो भएको जीतेन्द्र सुनाउँछन् । अहिले उद्योगको बजारसँगै लगानीपनि बढेको छ । झण्डै १० लाख लगानी पुगेको छ । विभिन्न समयमा सातुको प्रवद्र्धनका लागि पनि जीतेन्द्र खटिन्छन् । यसै सेरोफेरोमा उनी इलाम सदरमुकामका विद्यालयमा समेत पुग्छन् । केही विद्यालयले बुझ्छन् कतिले बुझ्दैनन् । तर, जसोतसो उद्योग चलेकै छ ।

श्रीमानको उद्योग, श्रीमतीको होटल

जीतेन्द्र दिनभर उद्योगमा खट्छन् । यता, उनको घरमै होटल छ । श्रीमतीले होटल चलाउँछिन् । कुरा १० बर्षअघिको हो । जीतेन्द्र युनिटी नामक संस्थामा काम गर्थे । श्रीमती संस्थाकै क्यान्टिनका काम गर्थिन् ।

करिब नौ महिना काम गरेपछि संस्था वन्द भयो । अब दुवै जना विचलित भए । यसै मेसोमा इलाम बजारकै नजिक धोविधारामा श्रीमती (लक्ष्मी) ले चिया बेच्न थालिन् । श्रीमान यताउता ठेक्कापट्टाको काममा लागे ।

समायान्तरमा ग्राहकको मागअनुसार चिया क्याफेलाई लक्ष्मीले व्यवस्थित बनाउँदै लगिन् । अहिले त्यही क्याफे होटल बनिएको छ । लक्ष्मी होटल नामले प्रख्यात छ । हेर्दा सानो तर मिष्ठान्न परिकारले भरिपूर्ण छ होटल । जहाँ अनेक प्रकारका खाद्यवस्तुको स्वाद पाउन सकिन्छ । खानासँगै पाक्ने भेराइटिजका सब्जी र अचारले धेरैको मन तानिएको छ । दिउँसो खासै चल्दैन । श्रीमानको उद्योगमा काम सगाउनुपर्छ । तर, विहानवेलुका भने खुवै चल्छ, यो होटल । श्रीमतीसाथै छोरीहरूले पनि होटलमा काम सघाउँछन् । काम गर्न गाह्रो छैन । समन्वयबाटै चलेको छ । ‘भ्याएको बेला गरेपनि राम्रै कमाइ हुन्छ’ जीतेन्द्र सुनाउँछन् ।

 

ताजा खबर