कतै तपाईं हाइपरटेन्सनबाट पीडित त हुनुहुन्न ?

२०७७ माघ १५ बिहीबार १३:१२:०० मा प्रकाशित

हाइपरटेन्सन भनेको के हो ?    

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको रिपोर्ट अनुसार, लगभग १ अर्ब १३ करोड मानिस उच्च रक्तचापका शिकार भएका छन् ।    

यही कारण मानिसमा मुटु सम्बन्धी समस्या र अकालमा ज्यान जान सक्ने उल्लेख गरिएको छ ।    

भनिन्छ, मानिसले सधैं सेवन गर्ने नुनको मात्रा बढि भएमा पनि उच्च रक्तचापको समस्या बढि हुने गर्छ ।    

शरीर भित्र रक्त कोषहरुबाट रगत सञ्चालन भइरहेको हुन्छ । यसरी मुटुले शरीरमा रगत प्रशार गर्दा यसको मात्रा कुनै समय कम वा बढि हुने हुँदा मानिस रक्तचापको शिकार हुने गर्छ ।    

ब्लड प्रेसर र कोभिड–१९

अमेरिकन जर्नलमा मे महिना महिनामा प्रकाशित उच्च रक्तचाप सम्बन्धी एक अध्ययनमा सो लक्षणका कारण कोभिड–१९ को पनि असर हुने देखिएको छ ।
जर्नलको सम्पादकीयमा लेखिए अनुसार, बुढेसकालका मानिसमा उच्च रक्तचापका लक्षण देखिएको छ, जो सार्स –कोभ–२ का कारण मर्माहित भएका हुन् ।    

सेन्टर फर डिजिज कन्ट्रोल र प्रिभेन्सन (सिडिसी) ले भनेको छ, रक्तचापका कारण   ह्रदय र मष्तिस्काघात दुवै समस्या हुन सक्छ ।    

उच्च रक्तचापको नियन्त्रण

बजारमा त्यसो त विभिन्न प्रकारका औषधी पाइन्छ । त्यसमा डाक्टरको सुझाव अनुसार भरपर्दो औषधीको सेवन लाभदायक हुन आउँछ ।
मानसिक तनाव आफ्नो स्वास्थ्य प्रतिकुल तथा समाजको लागि पनि घातक हुने समस्या हो । एक जर्नल जामाको अध्ययन अनुसार जुन मानिसमा उच्च रक्तचाप देखिन्छ त्यो व्यक्ति चाँडै मुटुको रोगी बन्नेछ ।    

मानिसको वजन

चिनियाँ विश्लेषक तथा चिकित्सकहरुको भनाइमा मानिसको शरीर तल्लो भाग तिघ्रामा हुने गरेका बाक्लो कोषिका, चिल्लो पदार्थ, तन्तु, कोषहरुले समयमा व्यायाम नपाउँदा पनि मानिसमा मोटाउने र हाइपरटेन्सनको समस्या देखिन्छ । (स्रोतः मेडिकल न्यूज टुडे)
 

ताजा खबर