मोडर्ना खोपले कोरोनाको नयाँ प्रकारविरुद्ध काम गर्ने !

२०७७ माघ १३ मंगलबार ०९:४७:०० मा प्रकाशित

एजेन्सी । मोडर्नाको कोरोेना भाइरसविरुद्धको खोपले बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकारविरुद्ध काम गर्ने देखिएको छ । अमेरिकाकोे एक फर्मा कम्पनीका वैज्ञानिकले मोडर्नाको खोप नयाँ प्रकारको कोरोनामापनि प्रभावकारी देखिएको बताएका हुन् ।

प्रारम्भिक चरणको ल्याब टेस्टमा खोेपले विकास गर्ने एन्टीबडीले नयाँ प्रकारको भाइरस पहिचान गर्न सक्ने र त्यसविरुद्ध लड्न सक्ने क्षमता देखाएको बताइएको छ । यद्यपी खोप लगाइसकेका व्यक्तिहरूबाट यो पुष्टि हुन भने बाँकि नै छ । 

कोरोनाको नयाँ प्रकार तीब्र रुपमा विश्वका विभिन्न मुलुकमा फैलिरहेको छ । भाइरस ‘म्युटेट’ भइरहेको छ । अर्थात्– नयाँ प्रकृतिको भाइरसले मानव कोषलाई सुरुमा देखिएको भाइरसले भन्दापनि सहजै असर पार्न सक्छन् । विज्ञहरूका अनुसार बेलायतमा देखिएको नयाँ प्रकारको भाइरसमा संत्रमणको जोखिम ७० प्रतिशत ज्यादा रहेको छ । 

हालसम्म कोरोनाविरुद्ध विकास गरिएका खोपहरू पहिलो प्रकारको भाइरसलाई आधार मानेर बनाइएको थियो । केही वैज्ञानिक भने पुरानै खोपले नयाँ प्रकारविरुद्ध काम गर्न सक्ने विचार व्यक्त गरिरहेका छन् । फाइजरले त नयाँ प्रकारको भाइरसविरुद्ध काम गर्न सक्ने धेरैहदसम्म पुष्टि भइसकेको छ । 

वारविक मेडिकल स्कुल, बेलायतका प्राध्यापक लरेन्स यङ्गले खोपसम्बन्धि यस्ता विकास सोचनिय रहेको बताएका छन् । 
 

ताजा खबर