'कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ, म महामन्त्रीमा उठ्छु'

२०७७ माघ १२ सोमबार ०९:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्गले पार्टीको आगामी महाधिवेशनमा आफू महामन्त्री पदमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् । कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य आवश्यकता भएको विश्लेषण गर्दै उनले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनेगरी गृहकार्य भैरहेको पनि बताए ।

जननिर्वाचित संसद र सरकारले पूर्णकार्यकाल काम गर्न नपाउनुको मुख्य कारण नेतृत्वमा रहेका चरम महत्वाकांक्षा ठान्छन् गुरुङ्ग । प्रतिनिधिसभा बिघटनको कारण पनि यही भएको र नेताहरुको महत्वाकांक्षी प्रवृत्तिमै अरु राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थ समूहले खेल्ने अवसर पाईरहेको उनको विश्लेषण छ ।

नेता गुरुङ्गले दृश्य टेलिभिजनको वार्तालाप संवादमा चर्चा गरेका प्रसंगहरु यहाँ क्लिक गरेर हेर्न सकिने छ- 

 

ताजा खबर