ल्यापटपम प्रयोगकर्तालाई सताउने म्यालवेयर भाइरस के हो ?    

२०७७ माघ ९ शुक्रबार १५:२९:०० मा प्रकाशित

     इमेल एकाउण्ट हाइज्याकिङ्ग, नेट ट्राफिक जाम वा इन्टरनेटको सुरक्षामा गडबड  म्यालवारको प्रकोप हो । भाइरस, वर्म र ट्रोजन गरी विभिन्न प्रकारका म्यालवायरको संकेत हुन् । माइक्रोसफ्ट सफ्mटवेयरमा वेभसर्भर चलाउँदा यसको हानिकारक प्रभाव रहेको पाइन्छ । 

म्यालवेयर स्वयम् कम्प्युटर अपरेटर बाहेक अर्को कुनै व्यक्तिले जथाभावी   कम्प्युटर प्रयोग गर्ने गरेमा सर्ने बताइएको छ । विशेषगरी गेमिङ्ग तथा जथाभावी ब्राउज गर्दा भाइरस सर्छ । हानीकारक अनलाइन सफ्टवेयर र विज्ञापनको कारण पनि म्यालवेयर सर्छ ।     

बेलायतमा सरकारी तवरबाट विद्यार्थीमा हस्तान्तरण गरिएका ल्यापटपमा म्यालवेयर भाइरसको चाप देखिएको बताइएको छ ।    

विशेषज्ञले दिएको जानकारी अनुसार यो एक संख्यात्मक गामुरेइ आई नामक वर्म हो ।    

सरकारले ब्राडफोर्टमा विद्यालयमा वितरित ८ लाख ल्यापटपमा सो समस्या देखिएको बताएको छ ।    

ब्राउज वा ब्याकिङ्ग सफ्टवेयर चलाउँदा सो समस्या देखापर्ने गरेको उनीहरुको भनाई छ । बेलायतमा हानिकारक भाइरसले बालबालिकामा जटिल समस्या पर्ने गरेको बताउँछन् विशेषज्ञहरु ।    

सन् २०१९ मा ५ करोड १७ लाख ५०२ इन्टरनेट प्रयोगकर्तामा म्यालवेयरको प्रकोप छाएको थियो भने २०२० मा ५ करोड ५१ लाख ९६० प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा यो समस्या भोगेका छन् । (एजेन्सीको सहयोगमा) 
 

ताजा खबर