यस्तै हो भने राष्ट्रपति शासन लाग्न सक्ने  !

२०७७ माघ ७ बुधबार ११:५३:०० मा प्रकाशित

हरेक ६० बर्षमा गुरु र शनि आकाशमा निकट हुँदा जुन राशीमा पहिला निकट भएको हो सोही राशीमा युति अर्थात् कन्जक्सन हुन्छ । हरेक २० बर्षमा एक चौथाई अग्नीमा भए सोहीमा, भूतत्वमा भएको भए सोहीमा क्रमले वायु र जलराशीमा क्रमशः हुँदै जान्छ ।

हाम्रो पृथ्वीले कक्षको चक्कर र अरु ग्रहहरूले पनि सूर्यको सोही मुताबिक चक्कर लाउँछन् । अक्षको पनि लगाउँछन् । यही क्रममा बाटोमा ठीक एउटा निश्चित समयमा एउटा राशीमा निकट हुने खगोलीय क्रम रहन्छ तसर्थ ६० बर्ष पछि पुन त्यहि राशी र हरेक २० बर्षमा भौतिक, अग्नीको क्रममा युति हुने भएकोले अब २० बर्षपछि बृष राशीमा र अर्को २० बर्षमा कन्या र पुन अर्को २० बर्षमा मकरमै पुग्छ । 

यसरी तीन आबृतिमा १८० बर्ष रहन्छ । यसअघिको १८० बर्ष अग्नीमा थियो । जो शनिको शत्रु राशी हो । तसर्थ अन्याय संसारभरि नै बढ्यो । प्रथम बिश्वयुद्ध र द्वितीय बिश्वयुद्ध यही समयमा भए ।
      
 माथि नै चर्चा गरिसकियो कि सूर्य ग्रहका राजा र आत्माका प्रतीक हुन् भने स्त्री ग्रह रानी, मंगल अग्नीकारक सेनापती, बुध वाणिज्य वाणीको कारक, गुरू ज्ञान र धर्म अनि संस्कृतिको कारक, शुक्र दैत्याचार्य र भौतिक उन्नति एवं शनि न्यायाधीश हुन् ।

बितेको १८० बर्ष अग्नी राशीमा शनि कमजोर भएको कारण संसारमा न्यायले अपमानित हुनुपरेको सर्वबिदितै छ । अब न्याय शक्तिशाली हुने भएकोले पापको मात्रामा दिनानुदिन कमी आउनेछ । गरीबको उद्दार हुने छ भने मजदुरको हितमा कानुनहरू बन्नेछन् । भ्रष्टाचार नियन्त्रणमा सक्रियता बढ्नेछ । शासक इमान्दार भएपछि सिस्टम बस्ने हो । शनिको प्राथमिकतामा यही कुरा पर्दछ ।

जनवरी २८ तारिक अर्थात् २०७७ माघ १५ गते स्वस्थानी पूर्णिमाको दिन सूर्य १४°११'', शुक्र००-११,  बृहस्पति १४°५९'' र शनि १०°४०'' मा पर्छ । यी चार ग्रहको युति कालपुरुषको कुण्डलीमा राज्यभावमा पर्छन् । बिहान मकरलग्नमा हुन्छन् भने नेपाली नामबाट पराक्रमभावमा पर्छ । गुरुबाट ८२° टाढाको मंगल सुरक्षाको कारक ग्रह हो र शनिसँग भर्टिकल छ ट्रिग बिन्दु मकरबाट कर्कमा पर्छ । 

समकोणीय अतः नेपालको राजनीतिक अवस्था भद्रगोल बनाउन यी ग्रहहरूको उर्जा सक्रिय देखिन्छ । यसले बेईमान मानिसलाई फालेर इमान्दारलाई सत्तामा राख्नेछ हो । राजाका लागि २८ तारिक उताका दिनहरू राम्रो देखिन्छ । सेना बाहिर आउन सक्ने अवस्था  १६° को मेषको मंगल पुस्कराँषमा हुने भएकाले असाध्यै बलवान् छ । तसर्थ सेनाले नेपालको राजनीतिमा धेरै ध्यान दिई रहेको हुनुपर्छ । भौमले चतुर्थ दृष्टि चन्द्रमालाई दिनुले राष्ट्रपतिसँग सेनाको बढी नै सरसल्लाह बढ्छ र राष्ट्रपति शासन लाग्ने कानुन भए लाग्छ झैं देखिन्छ । राजाको पुनरागमनकालागि पनि जनताभावमा बसेको भौमले हतारो गरेको देखिन्छ ।

(ज्योतिष उदय निरौलाले देशको ग्रहदशा विश्लेषणका आधारमा गरेको भविष्यवाणी)
 

ताजा खबर