रहेनन् होचा कलाकार दिपेन शाह

२०७४ कार्तिक ३० बिहीबार १२:५४:०० मा प्रकाशित

काठमाडौं, ३० कात्तिक । नेपालकै होचा कलाकार दिपेन शाहको निधन भएको छ । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिकाले चर्चामा आएका होचा कलाकार दिपेन शाहको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।

केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा  निधन भएको पारिवारिक स्रोतले जनाएको हो । उनका दुवै मृगौला फेल भएर मुटुमा पनि असर पुगेको बताइएको छ ।

धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा बस्दै आएका थिए । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका उनले ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ लगायतका हाँस्य टेलीफिल्ममा काम गरेका छन्  । शाहका दुई दिदी सर्जुना, सुजता र एक दाजु दिपेश छन् । 

३१ इञ्च मात्र उचाई भएका शाह ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए । 
 

ताजा खबर