कोयली कागकै बच्चा कोरलिरहन्छ

२०७७ माघ २ शुक्रबार १२:४९:०० मा प्रकाशित

यता काठमाडौंतिर चिसो बतास पनि
यो पौषको अन्तिम डिलसम्म तातिएको देखिन्छ
कतै अन्तरवार्ताका रापले
कतै सडकमा देखिने जुलुसले
र कतै महँगीले
अनि कतै आफैं  महँगी किन्न
बेचिनु परेको परिस्थितिले ।

लेख्छु यी बिषयमा भन्छन्
पत्रकारहरू
लेख्दा अर्कै समाचारकोलागि स्पेस बनिसकेको हुन्छ
र भावुक बनेर सोच्छ पत्रकार लेखेर के गर्ने ?

लेखिनै
सकेकालाई ठाउँको अभाव
लेख्छु भन्छ कवि पनि
लेख्दा अर्कै चित्र आइदिन्छ
अर्कै फ्रेम पो बनिदिन्छ।
पारीलो बनेर खास बिषयबस्तु आइदिँदैन
आएकोले छापिने स्पेस नै पाउँदैन।

अब्बल कथाकारहरू सोच्छन् बुनु कित कथाको प्लट
भनेर २-४ दिन घोरिन्छन् पनि
र महँगीको बिषयमा कथा राख्न खोज्छन्
सस्तो कथाको पात्रले
कतै कथानै सस्तो हुनेपो होकि रु ठानेर
लेख्न रुचाउने बिचार फोका याने बबल्स
कदमको चोपको फोका बनेर उडिदिन्छ मौन बताससँगै
चुपचाप चुपचाप।

उपन्यास लेखुँकित ठान्छ
नयाँ उपन्यास
उपन्यास तयार गरिसक्दा त्यो तरकारी
त्यो सुन्तला,स्याऊ
चामल,दाल,नुन तेल सबै खुइली सकेको हुन्छ
बजार नै
हराईसकेको हुन्छ त्यो पुरानो बजार नै
फेरि कस्ले पढोस् सागपात र दाल चामलको  कथा
यो विलियम, भिटेन, एलिना, पार्लिकाहरूको जमानामा
बरु हिम भालुको कथा लेख्न सगरमाथातिर लाग्छ
अलि खल्ती भएकाहरू उता  कनाडा, अष्ट्रेलिया अमेरिकातिर लाग्छन्
यताका बुढाखाढा महाभारत पल्टाउन थाल्छन्
र झिक्छन् उनै कुन्ती र द्रौपदीहरू
अनि एकलव्य र कर्णहरू
नभेट्नेहरू नारदलाई सजिलोसँग भेट्छन्
यता काठमाडौंका गल्लीका चियापसलहरूमा
नारदलाई लेख्न सजिलो हुन्छ
किनकि ऊ आफैं एक कथा हो, उपन्यास हो
अनि कस्ले लेख्ने कालापानीको कथा
त्यसको नाटकीय अन्तर्वार्ताको गुह्यता
नौटङ्की त उता मुजफरपुरकै बजारमा आउँछ
वात ! खानबजार देल्हीकै बजारमा सिकेर
आउनेहरू नै काठमाडौंको गल्ली गल्लीमा पान पिच्क्याइ रहन्छन्
सायद यो भर्खरको अन्तर्वार्ता पनि कित भागलपुरसँग
कित नोयडा या दराङ्सँग
जोडिएको हुनुपर्छ भन्छन् यताका नागरिकहरू ।
के हो रुके हो ?
यस्तै उपन्यास आउँछ र पुरस्कार पनि पो जित्छ।

धेरै बाठो भएर कागले आच्ची खाएको रे
धेरै चङ्ख बनेर कोयलीले बच्चा कागको जन्माउँछ रे !
आफ्नोे फुल साटेर कोयलीको गुँडमा राख्ने
कोयलीको खाइदिने
भरे कोयली छक्क पर्छ बच्चा कागको
आफ्नै सन्तान खाने कोरलेकोमा
तीनछक्क पर्छ
फेरि फेरि कोयली कागकै बच्चा कोरलिरहन्छ
कोरलिरहन्छ।

ताजा खबर