आमाकै पथमा श्रीदेवीकी छोरी जान्हवी  

२०७४ कार्तिक ३० बिहीबार ११:५२:०० मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपुर अब बलिउडमा देखिने भएकी छन् । जान्वही अभिनेता शाहिद कपुरको सौतेनी भाई इशान खट्टरसँग बलिउडमा देखिन लागेकी हुन् । हालै यी दुई अभिनीत फिल्म  ‘धडक’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । 

मराठी फिल्म ‘सैराट’ को हिन्दी रिमिक हो  ‘धडक’। फिल्ममा  इशान खट्टर र जान्हवी कपुर मुख्य भूमिकामा छन्।  धर्मा प्रोडक्सन र जी स्टुडियोले फिल्मलाई बजारमा ल्याउन लागेको हो ।

फिल्मका निर्देशक शशांक खेतान हुन् भने  फिल्म ६ जुलाई  २०१८ मा प्रर्दशनमा आउने छ ।  फिल्मको सुटिङ भने १ डिसेम्बरदेखि शुरु हुने भनिएको भारतीय संचार माध्यमहरुले बताएका छन् । एजेन्सी  

ताजा खबर