दार्जीलिङका लेखनाथले ल्याए 'फुलाङ्गे'

२०७७ पौष २६ आइतबार ११:३५:०० मा प्रकाशित

दार्जिलिङका युवा लेखक लेखनाथ क्षेत्रीको उपन्यास ुफुलाङ्गेु बजारमा आएको छ । भारतको दार्जिलिङ्मा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको यस अघि कविता संग्रह र सांग्रीला बुक्सद्वारा प्रकाशित रवीश कुमारको चर्चित पुस्तक ुमुक्त आवाजु नेपाली अनुवाद प्रकाशित छन् । 'फुलाङ्गे' उनको पहिलो आख्यान हो ।

सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा हो- 'फुलाङ्गे' । यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन् । दार्जीलिङलाई कठपुतली हुन् कसले अभिशप्त पार्यो रु यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रका खतरनाक चरित्र वरिपरी खोज्ने प्रयास गरेका छन् । ऐतिहासिक संघर्षका भुइप्वाल देखाउने यो आख्यान दार्जीलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो । 

सांग्रीला बुक्स नेपाल र इन्डियाले संयुक्तरुपमा प्रकाशन गरेको उपन्यास 'फुलाङ्गे' भारतका नेपाली पाठकका लागि अर्को सातादेखि उपलब्द हुनेछ । यस उपन्यासको नेपाली मूल्य रू ३३५ रहेको छ र भारतीय मूल्य २५० रहने छ ।

ताजा खबर