उपत्यकाको वायु प्रदुषण खतराको बिन्दूमा, मास्क बिना नबस्न सल्लाह

२०७७ पौष २१ मंगलबार ११:०५:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार अपरान्हदेखि वायु प्रदुषण बढेको छ । आज मंगलबार यो क्रम अझ बढेर गएको छ । यो उच्च तहमा देखिएको वायु प्रदुषणबाट जोगिन सरकारको कुनै पनि निकायले जनतालाई आवश्यक सूचना र सतर्कताको लागि चासो राखेको देखिँदैन ।

संसारकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको थियो ।

 काठमाडौंमा वायुको गुणस्तर खराबको सूचीमा १ नम्बरमा रहेको छ भने राति ९ बजेसम्म पनि काठमाडौंको वायुमा कुनै सुधार देखिएको थिएन । वायु प्रदूषणका दृष्टिले काठमाडौं खतराको सूचीमा रहेको भन्दै त्यस्तो अवस्थामा के गर्ने, के नगर्ने भन्ने स्वास्थ्य सल्लाहसमेत दिइएको छ ।

यस्तो बेला अनिवार्य मास्क लगाउन, बाहिरबाट आउने खराब हावा प्रवेश गर्न नदिन आफ्नो घर कोठाको झ्याल ढोका बन्द गर्ने, घर बाहिरको शारिरीक अभ्यास नगर्ने जस्तो सल्लाह दिइएको छ ।

ताजा खबर