आजको कविता: वकिल साहब
वकिल साहब त्यो माथिल्लो कान्लोमा
कनखचम्पा सुवासित हुनै लागेको थियोे
केटाकेटीले कोपिलैमा निमोठेछन्
केटाकेटीलाई सिकाएको थिएन राज्यले
केटाकेटीलाई पढाएको थिएन बिद्यालयले
केटाकेटीलाई बुझाएको थिएन उनका अभिभावकले।
ल ठीक छ उनीहरू त केटाकेटी नै थिए
पाठ्यक्रममा पनि थिएन
तर निमोठ्नु हँदैन कोपिला
चुँड्नु हुँदैन फूल फक्रन दिनुपर्छ भनेर नपढाए पछि
नसिकाएपछि,
चुँड्ने नै भए अनि नै त तल पर कञ्चनपुरमा सुनक्यावरा
जाईजुई र चमेलीहरू अरु चुवाहरू
कोपिलामै निमोठियो सुवासित हुनै नपाई
चुँडेर कच्याककुचुक पारियो
उनीहरूको एउटा जीउने फुल्ने फक्रने अधिकार नै मारियो
ती अबलाहरूको के दोष ?
वातावरणीय प्रदुषण देशैभरी फैलियो
लज्जावतीलाई मुस्कुराउनै कठिन भयो
लालुपातेलाई ब्यौली बन्नै गाह्रो भयो
सुनाखरीलाई आकाश लम्कँदै मुस्काउन अन्योल भयो ।
धेरैले धेरैलाई चुँडे तर ती केटाकेटी थिएनन् वकिलसाहब
तिनीहरू त ठूला मात्र हैन बडेमाका भीमकाय नामर्दहरू थिए।
सत्ताको आडमा बिबेकको दुरुपयोग गर्नेहरू थिए
के यस्तै स्कुलिङ हुँदैरहे
ऐलेका केटाकेटीहरू भोलि पनि त्यस्तै हुनु स्वभाविक हैन र ?
वकिलसाहब राज्य त पुरै अराजक भयो भयो
न्यायालय किन हरेक मुद्दामा धृतराष्ट्र बन्छ ?
र भीमकाय बडेमाहरूको पछि पर्छ ?
किन लेखेको वकिलसाहब कानुन नलेखेको भए हुन्थ्यो
आदिवासीहरू पनि बिना कानुन सिस्टममै चलेकाछन्
अझ पनि संसारमा
अझै पनि विश्वमा
संविधान बिना चलेको मुलुक पनि त छ !
त्यो खोस्टाको के काम
जब असहायका लागि काम आँउदैन भने
जब शिप र प्रतिभा अनि श्रमको कदर हुँदैन भने
जब रङ्ग र रूपको कुनै अर्थ रहँदैन भने
त्यो खोस्टा हो
च्यातिदिए हुन्छ
जलाईदिए हुन्छ
न्यालयमा न्यायाधीश नबनाए हुन्छ
हुन्छ रुन्यायालय नै नबनाए हुन्छ
बिना संविधान
बिना कानुन आखिर राज्य ऐले पनि चलेकै छ
हैनर रु वकिलसाहब
अराजक स्वयं सरकार बनेको अवस्थामा
न्यायको पसल थापेर
अन्याय गर्ने न्यालयको के काम ?
न्यायको खरिदबिक्रीमा बरु सेयर कता किन्ने हो वकिल साहब ?
सर्वसाधारणलाई पनि जानकारी दिए
नुनतेल जुट्ने थियोे कि ?
बरु गरीबगुरुवाको पनि
छाक टथ्र्यो कि
वकिल साहब
धेरै कुरा जान्नै बाँकी छ जीवनमा
कतै बढ्तै पो भयो कि
हवस् त वकिल साहब मैले भनेका कुराहरू माथि पनि
कुनै बेञ्चमा
कुनै दिन त बहस होला नि !
हवस् त वकिल साहब
ऐलेलाई बिदा मागे नमस्कार ।
---------