चुनावको बेला ‘शेरबहादुर’ को ‘कान्छी मट्याङ ट्याङ’
२०७४ कार्तिक २९ बुधबार १३:१७:००
मा प्रकाशित

काठमाडौं, २९ कात्तिक । अभिनेता सुनिल थापाको प्रमुख भुमिका रहेको चलचित्र ‘शेरबहादुर’ को गीत सार्वजनिक भएको छ । ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत मङ्गलवार काठमाडौँमा आयोजना भएको एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । डान्सिङ नम्बरमा रहेको गीतमा चलचित्रका कलाकार मेनुका प्रधान, कर्मा र रविन्द्र झा देखिएका छन् । सार्वजनिक गीतमा कोसिस क्षेत्रीको शब्द सङ्गीत र स्वर रहेको छ भने मिना निरौलाले कोसिसलाई साथ दिएकी छिन् ।
चलचित्र एक अवकास प्राप्त आर्मीको कथालाई लिएर बनाइएको निर्माता गौरीशंकर धुजुले बताए । उनले भने्, चलचित्रको शिर्ष भूमिकामा कलाकार सुनिल थापा देखिएका छन् । चलचित्रको नामले राजनीतिक आभाष दिने भएपनि राजनीतिसँग कुनै सम्बन्ध नभएको निर्माता धुजुले जानकारी दिए ।