ज्योतिषीको घोषणा– तीन महिनापछि राजसंस्था फर्किने, सबै भ्रष्टाचारी जेल जाने    

२०७७ पौष १५ बुधबार १२:०५:०० मा प्रकाशित

वर्तमान अवस्थामा आकाशीय ग्रह पिण्डहरूको अवस्था देहाय मुताविक रहेको छ । काल पुरुषको कुण्डली अनुसार, मेषराशीमा भौम स्वगृहि छ । बृष राशीमा राहु, मिथुनमा, कर्कटमा, सिंहमा, कन्यामा एवं तुला राशीहरूमा कुनै ग्रह छैनन् । बृश्चिकमा शुक्र केतु, धनुमा हाल सूर्य बुध, मकर राशीमा बृहस्पति र शनिको  युति । यो युति १८० बर्षपछि भौतिक राशीमा भएकोले यसको प्रभाव हाम्रो पृथ्वीमा धेरै पर्छ र यी दुबै ठूला ग्रह र चिसा ग्रह अनि उपग्रह भएका ग्रहहरू हुन् । कुम्भ राशीमा पनि कुनै ग्रह छैनन् । मीन राशीमा पनि ग्रह छैनन् ।

राहु र केतुको बीचमा सबै ग्रह थिए, नेपालमा प्रतिनिधिसभा बिघठन हुँदा अहिले मगंल सरेको अवस्था छ ।
काल पुरुषको कुण्डलीबाट एकादशेष र कर्मेश शनि भाग्येश र ब्ययेश गुरूकासाथमा हुनाले न्यायकारक ग्रह शनि बलवान् हुनाले अगाडिका समयमा अन्याय भएकोमा अब उप्रान्त न्याय पाउने र अन्याय गरेका मान्छेहरू अथवा भ्रष्टाचार आदि गरेको भए कुनै न कुनै कारणले जेलजानुपर्ने एवं खराबकार्य गरेर गोप्य राख्ने प्रयत्न गरेको भए पर्दाफास हुने छ । 

नराम्रो कामको सजाय यस्तै राम्रो कार्यको सम्मान पुरस्कार पाउने, नदेखिएको प्रतिभा भएको भए समाज राष्ट्रमा देखिने र सम्मानित हुने यी दुई ग्रहको काम हो र अबको १८० बर्ष यो क्रम संसारमा चल्नेछ । उप्रान्त वायुकारक राशीमा यो युति हुनेछ । यसअघि अग्नीकारक राशीमा युति भएको कारण संसारभर अन्यायको राज चल्यो । अब म ठोकुवासाथ भन्दछु– अब संसार भर न्यायले प्राथमिकता पाउनेछ । तर अगाडि अन्याय गर्नेलाई न्याय हुँदा सजाय नै मिल्छ । 

यस आधारमा निम्न कुराहरू भन्न सकिन्छ–  

१. नेपालमा राजाले अन्याय गरेका थिएनन् भने र उनलाई जवरजस्ति फ्याँकेकोले राजा आउने निश्चित छ ।

२. संसद राष्ट्र प्रमुखले बिघठन गरेको हुँदा उनीमाथि ग्रहले न्याय दिनेछ,अर्थात् उनको कुरा नै सदर हुनेछ ।

३. अहिलेसम्म भ्रष्टाचार गर्ने ठूलाठूला मान्छेहरू जेल जानेछन् ।

४. देवस्व, शिवस्व, ब्रम्हस्व र राजस्व खाएको मान्छेलाई दुलाबाट शनीले निकालेर दण्डित गर्ने कुरा पक्का छ ।

५. खराब कामको योजना वा सोच बनाउनासाथ खोरमा जाने पक्का छ ।

६. नेपालको वैदिक सनातन धर्म मास्नेलाई दण्ड राज्य र दैव दुवैले दिनेछन् । हिन्दू राज्य कायम हुनेछ ।

७. प्रतिभाहरूको राज्यले र समाजले कदर गर्नेछ ।

८. कर्मदोषको सजाय कुनै पनि हालतमा चुकाउनलाई यो धर्मकर्म योग संसार भरनै लागू हुनेछ । तसर्थ बिदेशीहरूको अन्यायी चलखेल पनि राज्यबाट हराउनेछ किनकि खराब गोप्यता ग्रहले भङ्ग उदाङ्ग पार्नेछन् ।

मानिसहरूले जे अनुमान लाए पनि अबका दिनहरूमा देश बिकास हुने राज्यप्रणालीमा सुधार हुने भएकोले भुसतिघ्रेहरूको राज अब आखिरि अवस्थामा छ । वैशाख ११बाट उता नेपालमा मानवीय कार्य राम्रो हुने छ । दैबी प्रकोप चैँ अझ २ बर्ष बाँकी रहने छ भने धेरै नै हुनेछ ।

(ज्योतिषी उदयराज निरौलाको पूर्व घोषणाहरु सबैजसो मिलेको उनको भनाई छ । यो विश्लेषण उनको फेसबूक वालबाट साभार गरिएको हो ।)
 

ताजा खबर