हेडसरले त पढाएकै हो

२०७७ पौष १५ बुधबार ११:४२:०० मा प्रकाशित

आधा धमिराले निलिसकेको
घरको मूल खाँबो आधा बाँकी छ
त्यो पनि खाँदैछन् 
मर्मत गर्ने वा फेर्ने 
खै कसले हो ?

म र महरू टुलुटुलु हेरिरहेका छौँ 
कुन दिन ढल्ने हो 
हामी फगत रमिते भएर बसेका छौँ
मियो हराए पछि त !

गोरुहरू जताततै दौडँदारहेछन्
हेडसरले त भनेकै थियोे 
'नानीहरू हो मियो लड्न नदिनु
घरको मुलखाँबोमा धमिरा लाग्न नदिनु।'

केराको पात सानै हावाले दायाँबायाँ गर्छ
उत्तर दक्षिण गर्छ
पूर्व पश्चिम गर्छ
हामी फगत् रमिते भएर हेरिरहन्छौं।

धमिराले देवल उठाउँछ
हामी च्याउ खान उठाउन दिन्छौं 
घरमा आएर खागोले गुँड लाउँछ
हामी मह खान पर्खन्छौँ
बिच्कँदा नानीहरूको बिचल्ली पार्छ
हेडसरलेू यस्ताहरू जँङ्गलीहुन्छन्
बिच्केमा बशैँ हिँडाउछन्
बासबस्न नदिनु नानीहोू त भनेकै थियोे 
तर हामीले हेडसरका कुरालाई फगत् सुन्यौँ
पालना गरेनौं 
ऐले उसैको राज छ
घरमूली घरबाट बाहिरिएका छन् 
हामी फगत् रमिता हेरी रहेछौँ।

हेडसर त भन्नुहुन्थ्यो 'नानीहरू हो सुन्तलाको
राम्रो जगेर्ना गर्नु
ऐँजेरु लाग्न नदिनु 
नत्र सुन्तला सकिन्छ 
ऐँजेरू झाँगिन्छ
तसर्थ किमार्थ ऐँजेरु जेलिन नदिनु !'

सुनियोमात्र हेडसरका कुरा
शिक्षा लिइएन
ऐले ऐँजेरु जेलिँदै गयो 
सुन्तलामा उसको रजाइँ भयो 
सुन्तलालाई निल्दै गयो 
राज उसैले गर्यो
हामी फगत रमिते भयौं 
हेडसरलाई सम्झँदै रमिते बनेकाछौँ
र एकनास सकिनै लागेको सुन्तलाको बोट हेरिरहेका छौँ
गर्न नसक्ने नामर्द भएर हेरिरहेका छौँ ।

 

ताजा खबर