पूर्वमा उधौली, मध्यमा यःमरी र पश्चिममा तमु ल्होसार मनाइदै

२०७७ पौष १५ बुधबार १०:२०:०० मा प्रकाशित

– आज एकैदिन तीन फरक समुदायले तीन फरक चाड मनाउँदै छन् । पूर्वी नेपालमा किँरात समुदायले उधौली पर्व मनाउँदै छन् भने मध्य नेपालको काठमाडौं उपत्यका सहित नेवार समुदायको बसोवास रहेको क्षेत्रमा यःमरी पुन्ही मनाइदै छ । यस्तै पश्चिम नेपालको गण्डक क्षेत्रका गुरुङ समुदाय तमु ल्होसार मनाउँदै छन् । 


यी तीनै चाड विगतका केही वर्षयता राष्ट्रिय चाडको रुपमा समेत मनाउन थालिएको छ । पूर्वका किँरात समुदायले अन्नबाली भित्र्याएको खुशीयालीमा उधौली पर्व मनाउँदै आएका छन् भने नेवार समुदायले पनि अन्नबाली भित्र्याइसकेपछि अन्नको अभाव नहोस् भन्दै यःमरी बनाएर भकारीमा चढाएर यो पर्व मनाउने गरेका छन् । 


यस्तै तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । च्यू ल्हो (मुसा वर्ष)को बिदाइ र ल्वों ल्हो (गाई वर्ष)को आगमनको खुशीयालीमा एकआपसमा शुभकामना साटासाट गरी तमु समुदायले यो पर्व मनाउने गर्दछन् । 

ताजा खबर