सगरमाथाले आज नयाँ उचाइ पाउँदै

२०७७ मङ्सिर २३ मंगलबार १०:३०:०० मा प्रकाशित

– विश्वकै सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलिबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । 


भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । 


विभागले झण्डै १३ करोड खर्चेर करिब दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तराष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो । 


विभाग स्रोतका अनुसार सगरमाथाको हालको आठ हजार आठ सय ४८ मिटर उचाइ केही बढेको छ । कति बढेको भन्ने अहिले बाहिर ल्याइएको छैन ।

विभागले दिउँसो १ः३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए । 
 

ताजा खबर