नेपाल प्रहरीको ‘ह्याकर्स हन्ट अपरेसन’

२०७७ मङ्सिर २३ मंगलबार ०९:२३:०० मा प्रकाशित

– सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका ९ का विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने वर्ष १७ र वर्ष १५ का अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर व्यूरोले बताएको छ । दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम नखुलाइएको व्यूरोको भनाई छ ।


‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृतरुपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरुलाई पक्राउ गर्न सफल भएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताएका छन् । 


उनीहरुले अनधिकृतरुपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिम कसुर गरेकाले अनुसन्धान भइरहेको व्यूरोले सोमबार जारी गरेको सूचनामा बताइएको छ । 
 

ताजा खबर