खैरेनीटारमा ठडिए पृथ्वीनारायण शाह

२०७७ मङ्सिर २१ आइतबार १०:००:०० मा प्रकाशित

– खैरेनीटारमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली सेनाका संस्थापक एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा निर्माण गरिएको शालिक शनिबार अनावरण गरिएको हो । 


बाहिनीपति सहायक रथी सागरबहादुर थापाले शालिकको अनावरण गर्दै राष्ट्रपिताको शालिक अनावरण गर्न पाउँदा गौरवान्वित र हर्षित भएको बताए । 


निर्माण सम्पन्न भएको शालिकले बाहिनीको सौन्दर्य बढाउन सहयोग पुगेको थापाले बताए । साथै विभिन्न ब्यारेकमा पृथ्वीनारायण शाहको शालिक निर्माणले तीव्रता पाएको समेत उनले जानकारी दिए । 


शालिक निर्माणमा दुई लाख १४ हजार नौ सय ७१ रूपैयाँ खर्च भएको सहायक बाहिनीपति महासेनानी उत्तम खड्काले बताए । सेनाकै तीन कालिगडले उक्त शालिक निर्माण गरेका हुन् । 
 

ताजा खबर