नारायण गोपालको सम्झनाः वियोगान्त संयोगको कथा

२०७७ मङ्सिर २० शनिबार १४:५२:०० मा प्रकाशित

 काठमाडौं । स्वरसम्राट नारायणगोपाल र भजन शिरोमणि   भक्तराज आचार्य नेपाली गीत÷संगीत विधाका उच्चकोटीका प्रतिभा हुन् । यी दुबै लोकप्रिय गायक त हुन् नै सँगसँगै संगीतकार पनि । भाषा, संस्कृति, भूगोल र परम्पराको सुक्ष्म ज्ञान भएका यी सदाबहार गायकले गीत तथा संगीतको गुदी परख नगरी कहिलेपनि त्यसमा हात नहालेको सम्झना गर्छन् उनीहरुलाई नजिकबाट बुझेका स्वजनहरु ।

 नारायण गोपाल र भक्तराज आचार्य जस्ता गायकको फरक विशेषता भएको कर्णप्रिय आवाज उही दिन र एउटै समयमा अवरुध्द भएको सुनाउँछन्  युवा गायकद्वय सत्यराज र स्वरुपराज आचार्य । एकवर्षको अन्तरालमा १९ मंसीरको राती साढे नौ बजे फरक घटनाले यी महान गायकको स्वर टक्क रोकिएको र पूर्णबिराम लागेको उनीहरुको भनाई छ ।

के थियो त्यो वियोगान्त संयोग ? यसको खुलासा गरेका छन् सत्य र स्वरुपले दृश्य टेलिभिजनसँगको वार्तालापमा । नारायण गोपाल र भक्तराज आचार्यबारे थाहा नभएका अनेक सन्दर्भ जान्न यो रोचक वार्ता हेरौं दृश्य टेलिभिजनमा–
 

ताजा खबर