छेकेन उमेरले: अमिताभ बच्चन नयाँ फिल्ममा झुल्किँदै

२०७७ मङ्सिर २० शनिबार १४:२५:०० मा प्रकाशित

मुम्बई । हिन्दी चलचित्रका सदाबहार सुुपरस्टार अमिताभ बच्चन चाँडै नयाँ फिल्ममा देखिने भएका छन् । निर्देशक नाग आश्विनको नयाँ फिल्ममा तेलुगु भाषी फिल्मका सुपरस्टार प्रभास र दीपिका पादुकोणका साथ महानायक अमिताभ बच्चन पनि अभिनयमा देख्न सकिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

झण्डै एक अर्ब रुपैंयाँ बजेटमा निर्माण हुनलागेको एक्शन फिल्मको छायांकन आउँदो महिना सुरु हुने बताईएको छ । यो मेगा बजेटको फिल्ममा काम सुरु गर्नु अघि अमिताभले आफूले सञ्चालन गरिरहेको टेलिभिजन शो कौन बनेगा करोडपतिको छायांकन सम्पन्न गर्नेछन् ।

 कोरोना भाइरसको महामारीका कारण योवर्ष कौन बनेगा करोडपति निकै ढिलो सुरु भएको थियो । नयाँ तालिका अनुसार यो शो करिब एकमहिनापछि सकिने जनाईएको छ । यो शोका लागि अमिताभ महिनामा करिब २० दिन दिन छायांकन गर्छन् । उनी यसरी एक दिनमा दुइ एपिसोड छायांकन गर्छन् । कतिपय समयमा त उनी लगातार एक साता पनि छायांकन गर्ने गर्छन् । यसरी डिसेम्बरको अन्त्यसम्ममा उनले आगामी साता प्रदर्शन गर्ने कौन बनेगा करोडपतिको सिरियल तयार गरिसक्ने बताएका छन् ।  

 नयाँ फिल्मको तयारी


  नाग आश्विनको यो फिल्ममा अमिताभको महत्वपूर्ण भूमिका रहने छ । यो फिल्ममा अभिनय गरेवापत उनले २१ करोड पारिश्रमिक लिने छन् ।   

अमिताभले नाग आश्विनको यो फिल्ममा खेले वापत ठूलै रकम लिन लागेको भनी चर्चा पनि हुन थालेको छ ।    
 

ताजा खबर