६१ लागे हरिवंश  

२०७४ कार्तिक २७ सोमबार १३:३९:०० मा प्रकाशित


काठमाडौं, २७ कात्तिक ।  चर्चित हाँस्य अभिनेता हरिवंश आचार्यको आज सोमबार जन्मदिन हो । आज उनले आफ्नो ६१ औं जन्मदिन विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । ब्राम्हण परिवारमा जन्मिएका आचार्यले  बाल्यकालमा अनेकन दुःख झेलेका थिए । यतिका वर्षसम्म पनि उनी कलाकारितामा नै जमेका छन् । उनले सधैं कामलाई नै सबथोक माने र आजसम्म पनि  उनी निरन्तर रुपमा कलाकारितामा नै जमिरहेका छन् ।

हरिवंश लेखकका साथै गायक पनि हुन् । तर, उनलाई दर्शकहरुले चिन्ने भनेको हाँस्य अभिनेताको रुपमा नै हो । हास्य कलाकारमा उनको सधैं साथ रहने कलाकार हुन् मदनकृष्ण श्रेष्ठ । ‘मह’ भन्ने नामबाट चर्चा कमाएका उनीहरुको कलायात्रा यही नामबाट प्रारम्भ भएको थियो ।

यी दुईबीच आजको दिनसम्म सहकार्य जारी छ । ‘लालपूर्जा’, ‘१५ गते’, ‘दशैं’, ‘हरिबहादुर मदनबहादुर’ जस्ता दर्जनौ सम्झनलायक हाँस्य शृंखला तथा टेलिफिल्म यो जोडिले नेपाली दर्शकलाई दिइसकेको छ । 


 

ताजा खबर