कोरोना अपडेट: थपिए १३४३ संक्रमित, १३ को निधन

२०७७ मङ्सिर १८ बिहीबार २०:०७:०० मा प्रकाशित

काठमाडाैं ।  नेपालमा थप १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर १ हजार ३ सय ४३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएकाे हाे ।

 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । तीमध्ये अहिलेसम्म २ लाख २० हजार २७२ जना निकाे भएका छन् । गत २४ घण्टामा २ हजार १ सय ११ जना  संक्रमित विभिन्न अस्पताल र आइसाेलेशनबाट डिस्चार्ज भएका छन् ।

गत २४ घण्टामा १३ जना काेराेना संक्रमितकाे ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १ हजार ५ सय ५१ पुगेको छ । 

अब नेपालमा १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित आइसाेलेशनमा छन् । देशभर ५ सय ७६ जना क्वारेन्टिनमा रहेकाे मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म १७ लाख ६३ हजार ९ सय १९ जनाको पीसीआर विधिबाट काेराेना परीक्षण भएको छ । 

ताजा खबर