गर्भवती अनुष्का शीर्षाशन गर्छिन् 

२०७७ मङ्सिर १६ मंगलबार १५:०१:०० मा प्रकाशित

मुम्बई । भारतीय रजतपटकी परिचित कलाकार अनुष्का शर्मा गर्भवती अवस्थामा पनि शरीर तन्दुरुस्त राख्न नियमित योगअभ्यास गरिरहेकी छिन् ।  

अनुष्काले आज मंगलबार सोशल मिडियामा पतिको सहारामा योगअभ्यास गर्दै गरेको तस्बिर सार्वजनिक गरेकी छिन् । योगको शीर्षाशन गरिरहेकी अनुष्कालाई उनका पति बिराट कोहलीले सहारा दिएका छन् । 

 कठिन आसन

अनुष्काले फोटो क्याप्सनमा लेखेकी छिन्( ‘यो अभ्यास अर्थात शीर्षाशन सबैभन्दा कठिन अभ्यास हो । तर योग मेरो जीवनको महत्वपूर्ण पक्ष हो । मैले आफ्नो डाक्टरको परामर्शमा नै गर्भवती अवस्थामा पनि यो अभ्यास जारी राखेकी हुँ ।’ 
  

ताजा खबर