नेपाली सेनाको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

२०७७ मङ्सिर १५ सोमबार ०९:४६:०० मा प्रकाशित

– नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका ४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । 


वास्तविक परीक्षार्थी बझाङ दुर्गाथली गाउँपालिका ४ का २२ वर्षीय मुकेश भण्डारीको सट्टामा परीक्षा दिन खोज्ने डोटी सायल गाउँपालिका ६ का २२ वर्षीय सुमन खड्कासमेत दुबैलाई पक्राउ गरी कानून बमोजिम अनुसन्धान भइरहेको नायब उपरीक्षक क्षेत्रीले बताए । 
 

ताजा खबर