देशभर १३८० संक्रमित थपिए, १९ ले ज्यान गुमाए

२०७७ मङ्सिर १३ शनिबार १८:४६:०० मा प्रकाशित

काठमाडाैं । नेपालमा थप १ हजार ३ सय ८० जना काेराेना संक्रमित थपिएका छन् । गत २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएकाे छ । विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएकाे हाे

 

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ । तीमध्ये २ लाख ११ हजार १ सय ८६ जना निकाे भएका छन् । गत २४ घण्टामा ५ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा गत २४ घण्टामा १९ जना कोरोना संक्रमितको ज्यान गएकाे छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५४ पुगेको मन्त्रालयले जनाएकाे छ ।

देशभर अब १८ हजार ८३ जना सक्रिय संक्रमित छन् । देशभर ६ सय १८ जना क्वारेन्टिनमा छन् ।

नेपालमा अहिलेसम्म १७ लाख १९ हजार ८ सय २८ जनाको पीसीआर विधिबाट काेराेना परीक्षण भएको छ ।

ताजा खबर