नेता गगन थापाको हाँक– ‘म कांग्रेसलाई शेरबहादुरले भन्दा राम्रो नेतृत्व दिन सक्छु’

२०७७ मङ्सिर १२ शुक्रबार १७:२९:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफू नेतृत्वमा पुग्न पाएमा पार्टीलाई सभापति शेरबहादुर देउवाले भन्दा धेरै राम्रो अवस्थामा पुर्याउने दावी गरेका छन् ।

नेता थापाले आफ्नो पार्टी नेपाली कांग्रेस निकै कमजोर अवस्थामा पुगिसकेको पनि बताए । नेतृत्वको कमजोरीकै कारण पार्टी दिनदिनै कमजोर हुँदै गएको र यही अवस्था जारी रहेमा झन् नाजुक अवस्थामा पुग्ने उनले सुनाए । नेता थापाले आफूले कांग्रेसको नेतृत्व गर्न पाए अहिले सभापति देउवाले भन्दा धेरै गुणा बलियो र प्रभावशाली पार्टी बनाएर देखाउन सक्ने दावी पनि गरेका छन् । आगामी महाधिवेशनमा महामन्त्री पदका लागि तयारी गरिरहेका सांसद् थापा उस्तै परेमा सभापति पदमा प्रतिपष्पर्धा गर्न पनि पछि नहट्ने बताउँछन् ।

उनले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको कुरा स्वीकार गरेका छन् । थापाले व्यक्तिगत रुपमा आफूले जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराएको भएपनि तर पार्टी नेतृत्वले संस्थागत तहबाट अग्रसरता नलिईदिँदा त्यसको उचित प्रभाव पर्न नसकेको गुनासो पनि गरेका छन् । 

नेपाली कांग्रेसले संस्थागत रुपमा जनसरोकार र राष्ट्रिय चासोका बिषयमा नेतृत्व लिन नसकेको नेता थापाको भनाई छ । सभापतिले बालुवाटार पसेर प्रधानमन्त्रीसँग अपारदर्शी रुपमा लसपस गर्नु सुहाउँदिलो कुरा नभएको र कांग्रेस कार्यकर्ताहरुलाई त्यस्ता गतिविधिले असजिलो महसुस गराएको नेता थापाको भनाई छ ।

‘सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलको नेताको महत्व बुझ्न नसकेको देखिएको छ, जुन दुखद कुरा हो । उहाँले घरिघरी बालुवाटार गएर प्रधानमन्त्रीसँग भेट्ने गर्नुभएको छ, त्योपनि पारदर्शी छैन’, केन्द्रीय सदस्य थापा भन्छन्–‘ संसद अचानक स्थगित गरेर संसद्बाट भागेका भगुवा प्रधानमन्त्रीलाई विपक्षी दलको नेताले निवासमा गएर भेट्ने होइन नि,उनलाई त संसद् अधिवेशन बोलाउ त्यहीँ भेटौंला पो भन्न सक्नुपर्छ त विपक्षी दलको नेताले ।’  

नेपाली कांग्रेसको आन्तरिक कथाव्यथा र समसामयिक बिषयमा युवा नेता थापासँग दृश्य टेलिभिजनले गरेको वार्तालापको वृत्तान्त यस्तो छः  

ताजा खबर