सञ्चार सामाग्री चलाउने लत र नोटिफिकेसन ?  

२०७७ मङ्सिर ११ बिहीबार १४:००:०० मा प्रकाशित

आधुनिक समाजमा स्मार्टफोन, ट्याबलेट, कम्प्युटरको प्रयोग टेक्स्ट, म्यासेज, इमेल, एयाप्सहरु चलाउन प्रयोग गर्ने गरिन्छ ।    
    
अनलाइन गेम, एयाप, इमेलको चाहे भन्दा बढि प्रयोगले मानिसलाई अनावश्यक तनाव, अवसाद र एक्लोपनको महशुस गराउने जानकारहरु बताउने गर्दछन् ।
     
लण्डन अर्थशास्त्र र राजनीति विश्वविद्यालय को तर्क छ तपाईँमा धेरै फोन चलाउने रुचि बसेको छ भने यसो हुनुमा मोबाइलमा आउने नोटिफिकेसनले गर्दा भएको हो ।    

भनिन्छ बेलायत, जर्मनी र फ्रान्समा रहेका ८९% मोबाइल फोनमा यस्तो नोटिफिकेसनको प्रयोग भएको हुन्छ भने बाँकी ११% फोनमा जानकारी मात्र दिइएको हुन्छ । ग्रुप च्याट भने थोरै नै समावेश भएको हुने गर्छ ।        

इन्स्टाग्राम तथा फेसबुक जस्ता कार्यक्रममा यो प्रकृया धेरै नै गहिरो रहेको हुने गर्छ ।    

एक अध्ययन अनुसार,“ कुनै कुनै युजर्सहरुलाई यो नोटिफिकेसन्सको प्रयोग आफसेआफ आँउछ ।”    

मानिसहरुले स्मार्टफोन चलाउनका कारणः–
व्हाटस्याप–२२%
लकस्क्रीन चेक–१७%    
इन्स्टाग्राम–१६%
फेसबुक–१३%
इमेल–६%
फोन–१%

ग्रुप च्याटलाई खासै महत्व नदिइएकै अवस्थामा इमेललाई ध्यान मानिसले धेरै दिने गरेको बताइन्छ ।

केही सहभागीहरु यस किसिमका विभिन्न मोबाइलमा छनौटमा परेका कार्यक्रमहरुमा सहजता प्रकट गर्ने गछर्न नै ! भने कुनै असहज परिस्थितिमा मौन बस्ने गर्दछन् । कुनै ग्राहकसेवी फोन उठाउन नै झन्झट मान्ने गर्दछन् र आफ्नो फलानो साथीले फोन गरेको होला भनि कल्पनामा मग्न हुने गर्दछन् ।

बालबालिकालाई संचार माध्यम र यसमा भए गरेको सामाजिक संञ्जालको प्रयोग गर्न नदिनु नै बेस हुन्छ । मानिसहरुको भडकिलो बहानाबाजीबाट टाढा रहन कहिँकतै स्मार्टफोनका कार्यक्रमका नोटिफिकेसनले सहजता प्रदान गर्ने गर्छ ।    

इज हिल मनोवैज्ञानिक विश्वविद्यालय बेलायतका अध्यापिका डा. लिण्डा काएको भनाईमा मानिसको आनबान, सान र आवश्यकता उनीहरु कै आवश्यकता हो यसैले सामाजिक सञ्जालको प्रयोग उनीहरुको लागि नै लाभदायक हुन आँउछ । 
(स्रोतः बिबिसी टेक)
 

ताजा खबर