धार्मीक तीर्थस्थल देवघाट नआउन आग्रह

२०७७ मङ्सिर ११ बिहीबार ०९:३७:०० मा प्रकाशित

–  पवित्र धार्मीक तीर्थस्थल देवघाटमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले देवघाट क्षेत्र विकास समितिले बुधबार विज्ञप्ति जारी गर्दै भक्तजनलाई नआउन आग्रह गरेको हो । 


परिस्थितिवश गरिएको अनुरोधलाई सबैले मनन् गरी घरमै बसेर परम्परा अनुसार धार्मीक कार्य गर्न समितिले आग्रह समेत गरेको छ । 


देवघाटमा अधिकांश वृद्धवृद्धा बसोबास गर्छन् । वृद्धवृद्धा उच्च जोखिम वर्गमा पर्छन् । चिसो मौसममा यस क्षेत्रमा सङ्क्रमण फैलिएमा कठिन अवस्था आउन सक्ने समितिका अध्यक्ष शिवराज पौडेलले बताए । 


यस्तै समितिले अन्त्येष्टी कर्ममा समेत सकभर थोरै व्यक्ति आउन आग्रह गरेको छ ।  


हरिबोधिनी एकादशी, बालाचतुर्दशी, माघे सङ्क्रान्ति, शिवरात्री लगायतका पर्वमा देवघाटमा भक्तजनको घुँइचो लाग्ने गर्छ । 
 

ताजा खबर