राजधानीमै विद्युत अनियमितता : अनलाईन क्लास गर्ने विद्यार्थी मार्कामा 

२०७७ मङ्सिर ११ बिहीबार ०९:१५:०० मा प्रकाशित

–  काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जोरपाटीबाट सुन्दरीजल पुग्ने सडक विस्तार गरिरहेको छ । तर सडक विस्तारको क्रममा बिना सूचना गोकर्णेश्वर क्षेत्रमा दैनिकजसो विद्युत जाने गर्छ । 


घरमै बसेर जुमबाट पढिरहेका विद्यार्थी भने विद्युत अनियमितताले सबैभन्दा मारमा परेका छन् । बिना सूचना यसरी बत्ती जाँदा बीचमै कक्षा छोड्न बाध्य भएको वल्र्ड युथ इन्टरनेशनल स्कूलकी विदिशा ढुङ्गानाले बताइन् ।


नेपाल विद्युत प्राधिकरण पुरानो बानेश्वर वितरण केन्द्रको ठेक्कामा राजधानीको उत्तरपूर्वी भेगका पोल सार्ने काम भइरहेको छ । 


गोकर्ण नोलाइटका कर्मचारी  धेरैजसो बत्ती जाने गरेको स्वीकार्छन् । केन्द्र प्रमुख बाबुराम सुवेदी जोरपाटीबाट सुन्दरीजल सडक किनारका पोल सार्ने काम भइरहेकाले बत्ती निभाउन बाध्य हुनुपरेको बताउछन् । 


बत्ती निभाउँदा सधैं सूचना दिन नसकेपनि धेरै विद्यार्थी अनलाइन क्लासबाट अध्ययन गरिरहेका छन् भन्ने विषयलाई ध्यान दिइएको समेत उनले बताएको छन् ।  
 

ताजा खबर