यसरी होस् मरण : अर्जेन्टिनमा तीन दिन राष्ट्रिय शोक

– महान् फुटबलर डिएगो म्याराडोनाको अवसानपछि अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोक शुरु भएको छ । समग्र फुटबल जगतकै महान् मानिएका म्याराडोनाको बुधबार राति आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो ।
तीन दिनसम्म उनको शव अर्जेन्टिनी सरकार प्रमुखको कार्यालय भवनमा राखिनेछ ।
बुधबारकै च्याम्पियन्स् लिग खेलको प्रारम्भमा म्याराडोनाप्रति श्रध्दाञ्जली स्वरुप एक मिनेटको मौन धारण भएको थियो । यस हप्ता चल्ने सम्पुर्ण युरोपेली फुटबल खेलको प्रारम्भमा समेत एक मिनेट मौन धारण गरिनेछ ।
अर्का महान् फुटबलर पेलेले आफूले महान् साथि गुमाएको र संसारले एक महान् हस्ती गुमाएको बताउँदै, 'छिटै अर्काे संसारमा सँगै फुटबल खेल्ने' बताएका छन् ।
सन् १९८२ को विश्वकप फुटबलमा म्याराडोनाको टिमका एक सदस्य ओस्सी अर्डाइलिसले आजकलका स्टार फुटबलर मेसी र रोनाल्डोले म्याराडोनाले पाएको जस्तो आदर र अद्भूत जीवन कल्पनापनि गर्न नसक्ने बताएका छन् । अर्डाइलिसले म्याराडोना अर्जेन्टिनाको ‘भगवान’ समेत भएको बताएका छन् ।
म्याराडोनाले आफ्नो खेल जीवनमा लामो समय बिताएको क्लब नपोलीले विज्ञप्ती जारी गर्दै भनेको छ– ‘सबैजना हाम्रो शोक विज्ञप्तीको पर्खाइमा हुनुहुन्छ । तर यस्तो पीडाको घडीमा हामी कस्तो शब्द चाहीँ लेख्न सक्छौं होला ? यो आँसुको समय हो, शब्दको समय फेरी आउनेछ ।’
म्याराडोना फिफाको ‘२० औं शताव्दीका महान् खेलाडी’ समेत चुनिएका थिए भने ‘गोल अफ त सेन्चुरी’ पनि उनकै नाममा रहेको छ । म्याराडोना सन् १९८६ को विश्वकप फुटबल विजेता क्याप्टेन समेत हुन् ।