मन्त्री, मुख्यमन्त्री, प्रदेशप्रमुखलाई पनि छोडेन कोरोनाले 

२०७७ मङ्सिर १० बुधबार ११:०३:०० मा प्रकाशित

–  कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या देशभर दुई लाख नाघेको छ । सर्वसाधारणदेखि उच्च ओहदाका व्यकि्तहरु कोरोना प्रभावित भइसकेका छन् । हालसम्म कोरोनाबाट पाँच जना केन्द्रीय मन्त्री प्रभावित भइसकेका छन् । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई मुख्यमन्त्रीले पनि कोरोना संक्रमणलाई जितेका छन् । 

कोरोनाबाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय सांसद प्रभावित भइसकेका छन् । यस्तै केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य तथा नगर तथा गाउँपालिका प्रमुखहरु पनि कोरोना संक्रमित भइसकेका छन् । 

संवैधानिक अङ्गका पदाधिकारी तथा नेपाल सरकारका मुख्यसचिवले समेत कोरोना संक्रमणको जोखिम व्यहोरिसकेका छन् । 

यस्तै गर्मीको तुलनामा जाडो महिनामा कोरोना संक्रमण बढ्ने भनिएता पनि सो कुरामा सत्यता नरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । 

…कुनै राजनीतिक दल, लिङ्ग, जाति, तहतप्का, भूगोल र समुदाय विशेष भनेर नछुट्याउने साझा शत्रुका रुपमा रहेकाले कोरोनाविरुद्ध साझा मोर्चा निर्माण गरी यसमाथि विजय प्राप्त गर्नु आजको आवश्यकता हो,Ú स्वास्थ्यमन्त्री ढकालले बताए । 

अहिलेको प्रभावलाई आधार मान्दा आगामी चार महिनामा बढीमा एक लाख ४५ हजार व्यकि्त थप संत्रमित हुने अनुमानका गरी सुझबुझका साथ तयारी गरिरहेको मन्त्रालयले बताएको छ । 
 

ताजा खबर