शुरु नै नभई मनाङमा सकियो शैक्षिक सत्र

२०७७ मङ्सिर १० बुधबार १०:३१:०० मा प्रकाशित

- हिमाली जिल्ला मनाङमा यस वर्षको शैकि्षक सत्र सकिएको छ । कोरोना महामारीका कारण मनाङको शैकि्षक सत्र यस वर्ष शुरु नै नभई सकिएको हो । 

मनाङ जिल्लाभर २८ वटा विद्यालयमा कुल ६ सय दुई विद्यार्थी अध्ययनरत छन् । यस शैकि्षक सत्रमा करिब १५ दिनमात्र विद्यार्थी विद्यालय हाजिर भए । 

तिलिचो आधारभूत विद्यालयका प्रधानाध्यापक यमप्रसाद तिमलि्सना भन्छन्– 'शैकि्षक सत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियान शुरु हुँदै थियो तर कोरोना महामारीले शुरु हुनै पाएन । अहिले कोभिड १९ का कारण आफ्नो क्षेत्रभित्र रहेका विद्यार्थीलाई उपलब्ध जनशकि्त प्रयोग गरी गाउँगाउँमा परिचालित गरी सामान्य पढाउने काम भएको छ ।'

अन्यन्त्र भन्दा मनाङमा शैकि्षक सत्र शुरु हुने र सकिने मिति फरक छ । अत्याधिक चिसो हुने भएकाले मनाङमा फागुन–चैतमा नयाँ शैकि्षक सत्र शुरु भएर मङ्सिरमा सकिन्छ । यस वर्ष चैतदेखि शुरु भएको लकडाउन र कोरोना महामारीका कारण मनाङ सहित देशभरका विद्यालय खुल्न सकेनन् । यद्यपी अन्य स्थानमा शैकि्षक सत्र बाँकि नै रहेको छ भने तराईका कतिपय जिल्लामा पठनपाठन नै पनि शुरु भइसकेको छ । 
 

ताजा खबर