को थिए ती राजालाई धोका दिनेहरु ?

२०७७ मङ्सिर ९ मंगलबार १२:२०:०० मा प्रकाशित

सन् १९६० पश्चात पञ्चायत व्यवस्था लागु गरेर राजा महेन्द्रले देशलाई ५ विकास क्षेत्रमा वर्गिकरण गरेर भौतिक पूर्वाधार विकासमा जोड दिए । उनले आफ्नो शासन व्यवस्थामा त्यस्तो कुनै ठूलो भूल गरे भन्ने देखिँदैन।

सन् १९७२बाट शासन व्यवस्थाका प्रमुखको भूमिकामा रहेका राजा बीरेन्द्रले पनि पञ्चायत व्यवस्थालाई निरन्तरता दिँदै गए, जब १९८९ मा राजा बीरेन्द्रले चाईनाबाट केहि थान हतियार किनेको निहुँमा भारतका प्रधानमन्त्री राजीब गान्धी सरकारले १८ महिनासम्म हाम्रो देशमा नाकाबन्दी लगाएर गलाउन खोज्यो अनि आफ्नो दूतसँग लिखित प्रस्ताव पठाएर राजालाई फकाउने कोशिस गरे तर राजा गलेनन् । जनता र पार्टीहरुले निर्णय गर्ने बिषय भएको जानकारी पठाए । भारतले चाहेको हाम्रो भूमिमा उसले भूटान र सिक्किम जस्तै गर्ने भन्नेनै थियो भन्ने रहेको छ ।

सन् १९९०मा जब राजा बीरेन्द्र बहुदलिय प्रजातन्त्रलाई आत्मसाथ गर्न तयार भए । त्यस पश्चात नेपाललाई  कसरी   गलाउन सकिन्छ भनेर तानावाना बुन्दै गरेको भारतले १९९६ देखि जनयुद्धको काम थालनी भएर सत्र हजारको मृत्यु अनि त्यसभन्दा धेरै घाईते, कोहि घरबार विहिन, कोहि बेपत्ता भएको  अवस्थालाई समेत मध्यनजर गरेर नयाँ रणनीति तयार गरेरअगाडि बढेको देखिन्छ । सन्२००१मा राजा बीरेन्द्रका छोरा दीपेन्द्रले आफूले मन पराएकी केटी चाहियो भन्दै दरबार हत्याकाण्ड मच्चाए भनियो अनि राजाको एक हिस्सा अलप भए । वास्तविक तथ्य आजसम्म पनि जान्न पाईएन । विना प्रमाण देखेको जसरी कसैलाई आरोप लगाउने काम मात्र भयो ।

२००१बाट ज्ञानेन्द्र शाहले शसन आफ्नो हातमा लिएर अगाडि बढ्दै गए अनि सन् २००५मा चाईनालाई दक्षिण एसियाली देशहरुको संस्था सार्कमा पर्यवेक्षकको रुपमा भित्र्याउन पहल गरे । तब भारतलाई यो बिषय मन परेन भन्ने बुझिन्छ । सन् २००६मा नेपालमा बसेर भारतले चाहे जस्तो गर्ने र मान्ने समूहको आवश्यकता लाई पूरा गर्न युद्ध गरिरहेको पार्टी र अन्य पार्टीहरुलाई एकै हुने वातावरण सिर्जना गरिदियो। सम्झौता पत्रमा हस्ताक्षर पनि उतै गर्न लगाएको भन्ने सुनिन्छ ।

अब भने नेपालमा राजसंस्था आवश्यकनै छैन भनेर राजा नहटेसम्म लामो समय काठमाडौंमा गतिविधि बन्द गराउँदै बाटामा मानिसहरु हुलका हुल जम्मा भएर नाराबाजी गर्न थाले । छिटफुट स साना घटना बाहेक राजा ज्ञानेन्द्रले दरबार र शासन छोडेर नार्गाजुन जंगलमा जाने काम गर्नुभयो । त्यस्तै काम न तपाईं भन्दा अगाडि कसैले सोच्नसम्म सक्दथे न अब उप्रान्त जन्मिएर तपाईंले जस्तै गर्नेछन् । त्यो असम्भव र उदाहरणिय कार्य गर्नु भएकोमा तपाईंलाई सबैभन्दा महामानवको दर्जा दिंदा हुन्छ भन्ने लाग्छ ।  

 नेपालका पार्टीहरुले निशुल्कै भएर नै त होला २ पटक संविधान सभाको चुनाब गरेर पहिलो पटक बनाउन नसकेको संविधान दाश्रोपटकबनाएरै छोडे । सन् २००८बाट लेख्न शुरु गरेको संविधान सन् २०१५को सेप्टेम्बरमा घोषणा हुनुभन्दा केहि दिन अगाडि भारतले आफ्नो दूत पठाएर रोक्ने पनि भने क्यार तर हाम्राले रोकेनन् । त्यसको बदला संविधान घोषणा भएको ३ दिन पश्चात आर्थिक नाकाबन्दी लगाई दियो। अनि फेरि खोलिदियो लामै समय चुपचाप बसेको थियो । केहि समय अगाडिबाट पुन आफ्नो उपस्थिति देखाउँदैछ । किन आयो, के भनेर गयो थाहा पाईएन।  

पूर्व राजा ज्ञानेन्द्रको वरिपरी रहेकाहरु, जसले तपाईंलाई नार्गाजुन जंगल जान बाध्य बनाए उनिहरुले सही सल्लाह दिएको भए उनी त्यहाँ जानु पर्ने थिएन। उनले छोडेर गएको पनि १२वर्ष वितिसक्यो तर हामीले कुनै नयाँ परिवर्तन अनुभव गर्न पाएका छैनौं । आज उ छैनन् । उ भएको भए उ हुन्थ्यो र उ गर्थे  भनेर हामी बसिरहेका छौं ।

ताजा खबर