यो कस्तो साथ !

२०७७ कार्तिक ३० आइतबार १२:०७:०० मा प्रकाशित

ओरालो झर्दा भन्दा
उकालो चढ्दा
साथ खोज्छन्
मान्छेहरु ।

दु:खमा भन्दा 
सुख बाँढ्न मान्छेलाई 
मान्छे चाहिन्छ ।

रुँदा भन्दा
हाँस्दा मान्छे खोज्छन्
मान्छेहरु ।

भोकै भन्दा
खाने बेला
मान्छेलाई मान्छे चाहिन्छ ।

निराश उ एक्लै बस्छ
रमाईलोमा
मान्छेहरुलाई मान्छे चाहिन्छ ।
 

ताजा खबर