थप दुई हजार ९०९ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २१ शुक्रबार १९:२७:०० मा प्रकाशित

काठमाडौं । थप दुई हजार ९०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै  कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । थप १० हजार १५३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।      

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५२ हजार ९०८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर चार हजार पाँच सय सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३४ हजार ९०५ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।   

यसैबीच काठमाडौँ उत्यकामा थप एक हजार ३३८ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ३०, ललितपुरका १८७ तथा भक्तपुरका १२१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।     

कोरोनाबाट थप १८ जनाको मृत्यु  

कोरोना सङ्क्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा सङ्क्रमणबाट मर्नेको संख्या १० हजार ७० पुगेको छ । रासस

ताजा खबर