थपिए काठमाडौं उपत्यकामा १५३५ संक्रमित

२०७७ कार्तिक ९ आइतबार १९:३०:०० मा प्रकाशित

काठमाडौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३५ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमित हुनेमा काठमाडौं जिल्लामा सबैभन्दा बढी १ हजार २ सय २५, जना रहेका छन् ।
 
त्यस्तै भक्तपुरमा १ सय ६३ र ललितपुरमा १ सय ४७ जनामा संक्रमण देखिएको छ ।  संक्रमित मध्ये ९ सय ६ जना पुरुष र ६ सय २९ जना महिला छन् ।

देशभर २ हजार ८ सय ५६ जनमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ वटा नमूना स्वाब परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । 

अहिले सक्रिय संक्रमित ४५ हजार ५सय ७२ छन् ।

ताजा खबर